काठमाडौं । सरकारले युवा उद्यमशीलता प्रवर्द्धन गर्ने र स्वरोजगार बनाउने उद्देश्यसहित ल्याएको मध्ये दुई शीर्षकमा पाइने सहुलियत कर्जाको प्रभावकारी शून्य देखिएको छ ।
युवा स्वरोजगार कर्जा र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट मान्यताप्राप्त संस्थाबाट लिइने तालिमका आधारमा प्राप्त कर्जाको प्रभावकारिता न्यून देखिएको हो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याक अनुसार हालसम्ममा यी दुई कर्जामा ५ जनाले मात्र सहुलियत कर्जा लिएका छन् ।
सरकारले निर्धारण गरेको विभिन्न १० शीर्षकमा मध्ये चालु आवको जेठ महिनासम्ममा सहुलियतपूर्ण कर्जा लिनेको संख्या दोब्बर बढेपनि शिक्षित युवा स्वरोजगार कर्जा ३ जना र सीटीईभीटी तालिम प्राप्त कर्जामा २ जनाले मात्र लिएका हुन् ।
जेठ मसान्तसम्म ९६ हजार ८५२ जनाले सहुलियतपुर्ण कर्जा लिएपनि यी दुईमा भने प्रभावकारिता न्यून देखिएको हो ।
अघिल्लो वर्षको पुस मसान्न सम्ममा यी दुवै कर्जा लिनेको संख्या शून्य नै रहेको थियो । अघिल्लो वर्षको पुस मसान्न सम्ममा १८ हजार २ सय ९५ जनाले सहुलियतपुर्ण कर्जा लिएका थिए । असार मसान्तसम्ममा यो संख्या बढेर ३२ हजार ४ सय ४८ पुगेको थियो ।
‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५’ अनुसार व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, महिला उद्यमशील कर्जा, दलित समुदाय व्यावसाय विकास कर्जा, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा, भूकम्पपीडितको निजी आवासा निर्माण कर्जामा सहुलियत ऋण दिने व्यवस्था गरेको छ ।
गत वर्ष राष्ट्र बैंकले कार्यविधि संशोधन गर्दौ कपडा उद्योग संचालन गर्न र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट मान्यताप्राप्त संस्थाबाट लिइने तालिमका लागिसमेत सहुलियतमा कर्जा पाइने व्यवस्था गरेको थियो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।