add

२१ प्रतिशतले घट्यो वैदेशिक लगानी प्रतिबद्धता,कुन क्षेत्रमा कति लगानी प्रस्ताव ?






ActPro Nepal

|

३ साउन, २०७८

|
2155

काठमाडौ । विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ का कारण विदेशी लगानीकर्ता नयाँ उद्योगमा लगानी गर्न अनिच्छुक हुँदा वैदेशिक लगानी प्रतिबद्धता घटेको छ ।

गत आर्थिक वर्षमा अघिल्लो आवको तुलनामा वैदेशिक लगानी प्रतिबद्धता २१ प्रतिशतले घटेको हो ।

चालु आर्थिक वर्ष ०७७र०७८ मा कुल ३० अर्ब रुपैयाँ मूल्य बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको उद्योग विभागको तथ्यांकले देखाएको छ। गत आर्थिक वर्ष ०७६र०७७ को सोही अवधिको  तुलनामा ७ अर्ब ८५ करोडले कम हो । अघिल्लो आवमा कुल ३७ अर्ब ८५ करोड रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको थियो ।

उद्योग विभागका वैदेशिक लगानी अधिकृत रुपेश खनालले वैदेशिक लगानी प्रस्ताव आउने क्रम जारी रहे पनि विगतका वर्षहरुमा जस्तो सहज रुपमा लगानी प्रतिबद्धता आउन नसकेको बताए । कोभिडले विगत वर्षमा पारेको असरका कारण पूँजीगत क्षति विश्वले भोग्नु परेकाले वैदेशिक लगानी कमी हुन गएको उनको भनाइ छ ।

नेपालमा गत आवमा वैदेशिक लगानीमा दर्ता भएका १८१ उद्योगहरु सञ्चालनमा आएपछि ५ हजार ६९७ जनाले रोजगार पाउने अनुमान गरिएको छ ।

कुन क्षेत्रमा कति लगानी प्रस्ताव ?

उद्योग विभागको तथ्यांक अनुसार गत आवमा सबैभन्दा बढी वैदेशिक लगानी प्रतिबद्धता पर्यटन क्षेत्रमा आएको छ । पर्यटन क्षेत्रमा कुल १८ अर्ब ३१ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको हो ।

यस्तै सेवामूलक क्षेत्रमा ५ अर्ब ९८ करोड रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ । सूचना तथा प्रविधितर्फ गत आवमा २ अर्ब ९५ करोड रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।

उत्पादनमूलक क्षेत्रमा कुल २ अर्ब ५९ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको उद्योग विभागको तथ्यांकले देखाएको छ ।

तथ्यांक अनुसार यो पटक ऊर्जामा २७ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ भने कृषि क्षेत्रमा ५२ करोड रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको हो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.