काठमाडौँ । एसएमएसबाटै कागजपत्रबारे जानकारी लिनुहोसडकुमेन्ट लिन कहाँ जाने अलमलमा हुनुहुन्छ ? यदी त्यसो हो भने अब तपाईँले म्यासेज गरेर जानकारी पाउन सक्नु हुने छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाको ट्राफिक भायोलेसन रेकर्ड सिस्टम-टिभिआरएसमार्फत म्यासेज गरेर अब ट्राफिक कारबाहीमा परेर बुझाएको लाइसेन्स वा ब्लु बुक कुन कार्यालयमा छ भनेर जानकारी लिन सकिने महाशाखाले जनाएको छ। त्यसका लागि ३४००१ मा एसएमएस गर्नु पर्ने छ।
‘ट्राफिक कारबाहीमा परेपछि आफ्नो डकुमेन्ट कहाँ छ भनेर चालकहरु अलमलमा पर्ने गरेको र हैरानी भएको गुनासो आएपछि हामीले यस्तो व्यवस्था गरेका हौँ’, महाशाखाका प्रवक्ता सञ्जीव शर्मा दासले भने।
महाशाखाका अनुसार चालु आर्थिक वर्षमा मात्र ३ लाख ५६ वटा ट्राफिक कारबाहीका घटना भएका छन्।
लेन अनुशासनमा १० हजार ८१ र मादक पदार्थ सेवनमा ९ हजार ७ सय २ वटा कारबाही भएका छन्।
यी दुई वटामा चालकले डकुमेन्ट लिन ट्राफिक कक्षासमेत लिनुपर्छ। गत मंसिरदेखि महाशाखाले त्यसका लागि अनलाइन कक्षा सञ्चालन गर्दै आएको छ।
मापसेमा कारबाही हुनेमध्ये ८ हजार ५ सय ७८ पुरुष र ९१ महिला छन्। मापसेमा गत आर्थिक वर्ष २५ हजारभन्दा बढी कारबाहीका घटना भएका थिए। त्यस वर्ष लेन अनुशासनमा पनि ३० हजारभन्दा बढि कारबाही भएको थियो।
चालु आर्थिक वर्षमा बढि भाडा लिएकोमा ५ हजार ८, फुटपाथ पार्क तथा सडक पार्कमा २६ हजार ६ सय ६९, सिट क्षमताभन्दा बढि यात्रु बोक्नेमा २ हजार २ सय ८४, ह्वील लक/चेन लकमा ४० हजार १ सय ३७ कारबाहीका घटना भएको महाशाखाले जनाएको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।