add

कक्षा १२ को परीक्षा साउनको तेस्रो साताबाट हुने






ActPro Nepal

|

२२ असार, २०७८

|
800

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी साउन तेस्रो सातापछि लिने तयारी गरेको छ । 

वैशाखमा सम्पन्न हुनुपर्ने परीक्षा कोभिड-१९ महामारी दोस्रो लहर फैलिएपछि चार महिना पछाडि सरेको हो । ‘परीक्षा सञ्चालन सहमतिका निम्ति मन्त्रालयमा पठाइसकेका छौं,’ बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले भने, ‘सहमति आइसकेको छैन । तर पनि साउनको तेस्रो सातापछि सञ्चालन गर्ने प्रस्ताव गरेका छौं । त्यसैअनुसार विद्यार्थी ढुक्क भएर तयारी गर्न सक्छन् ।’ 

परीक्षाको मोडलबारे मन्त्रालयले निर्णय गरेपछि सार्वजनिक गरिने जनाइएको छ । गत वर्ष आन्तरिक मूल्यांकन र लिखित गरी दुई प्रक्रियाबाट कक्षा १२ को परीक्षा लिइएको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.