add

तारकेश्वर गाउँपालिकाले ल्यायो ३८ करोड १९ लाखको बजेट, प्राथमिकतामा के-के ?






ActPro Nepal

|

११ असार, २०७८

|
704

नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि ३८ करोड १९ लाख २७ हजार ४ सय ८७  बजेट विनियोजन गरेको छ ।

कोरोनाबाट नागरिकको जीवन रक्षा गर्ने, अर्थतन्त्रलाई पुनरुत्थान गर्न आर्थिक गतिविधि एवम् विकास निर्माणका कार्यक्रमलाई तीव्रता दिने, सीपयुक्त शिक्षाको लागि पुर्वाधारमा लगानी गर्ने र सबै प्रकारको विभेद र असमानताको अन्त्य ,नागरिकहरुलाई न्यायपूर्ण पहुँच पुर्याउने, साथै ६० वर्ष माथिका एक पुरुषहरुलाई भत्ता सुविधा उपलब्ध गराउने  लगायतलाई बजेटमा स्थान दिइएको छ ।

गाउँसभामा नीति तथा बजेट कार्यक्रम प्रस्तुत गर्नु हुँदै गाउँपालिका उपाध्यक्षमा तारादेवी रिमालले चालु खर्च अन्र्तगत ८ करोड ५७ लाख ७४ हजार र पूर्वधार विकासका लागि ४ करोड, ६४ लाख, ८८ हजार विनियोजन गरिएको जानकारी दिइन् । त्यसैगरी शिक्षा मा ७२ लाख, स्वास्थ्य क्षेत्रमा ४० लाख र कृषीमा ३० लगायत कुल व्याय १८ करोड, ७० लाख ६२ हजार अनुमान रहेको बताए ।

त्यस्तै कुल बजेटमा संघीय सरकारबाट कुल ७ करोड ८१ लाख समानीकरण अनुदान, बागमति प्रदेश सरकारबाट कुल ५९ लाख, ९४ हजार प्रदेश समानीकरण अनुदानसहित विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान र आन्तरिक आय गरी उक्त बजेट प्रस्ताव गरिएको हो ।

साथसाथै बजेटमा संघीय सशर्त अनुदान १ करोड, ५० लाख, ८९ हजार, प्रदेश विशेष अनुदान ३६ लाख, राजश्व बाँडफाँडमा (नेपाल सरकार) ५ करोड ६७ लाख, ९ हजार र राजश्व बाँडफाँड (बागमती प्रदेश) तर्फ १ करोड २६ लाख, ३७ हजार ५ सय ६१ रहेको विनियोजन गरिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.