add

डीआईजी सरुवाको तयारी, केन्द्रिय अनुसन्धान ब्यूरोमा को ?






ActPro Nepal

|

२ असार, २०७८

|
2376

काठमाडौं । गृहमन्त्रालयले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरुको सरुवाको गृहकार्य थालेको छ ।

हाल प्रदेश प्रहरी प्रमुख रहेका सात र केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) का डीआईजीको एकबर्षे कार्यकाल करिब पूरा हुन लागेपछि नेपाल प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहमन्त्रालयले सरुवाको गृहकार्य शुरु गरेको स्रोतले जनाएको हो । 

गृह मन्त्रीस्तरीय निर्णयनुसार गत बर्ष २०७७ बैशाखमा एसएसपीबाट डीआईजीमा बढुवा भएका आठ डीआईजीहरुलाई प्रदेश प्रहरी प्रमुख र केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी)  मा पदस्थापन गरिएको थियो ।

गृह मन्त्रीस्तरीय निर्णय अनुसार गत बर्ष २०७७ बैशाखमा एसएसपीबाट डीआईजीमा बढुवा भएका आठ डीआईजीहरुलाई प्रदेश प्रहरी प्रमुख र केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) मा पदस्थापन गरिएको थियो । 

जसअनुसार केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) मा सहकुलबहादुर थापा, एक नम्बर प्रदेश प्रहरी प्रमुखमा ईश्वरबाबु कार्की, दुई नम्बर प्रदेशमा धिरजप्रताप सिंह, बागमती प्रदेशमा बसन्तकुमार लामा, गण्डकी प्रदेशमा घनश्याम अर्याल, लुम्बिनी प्रदेशमा रवीन्द्र धानुक, कर्णाली प्रदेशमा बसन्तकुमार पन्त र सुदुरपश्चिम प्रदेशमा उत्तमराज सुवेदीले नेतृत्व गरिरहेका छन् ।

गृह मन्त्रालयसम्बद्ध उच्च स्रोतका अनुसार सिआईबीमा कार्यरत सहकुलबहादुर थापाको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा सरुवा गर्ने तयारी गरिएको बुझिएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत अरुणकुमार बिसिको एक नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा, दुई नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरमा डीआईजी दिवेश लोहनीलाई पठाउने तयारी गरिएको छ । 

एक नम्बर प्रदेशका डीआईजी ईश्वरबाबू कार्कीलाई प्रहरी प्रधान कार्यालयको प्रवन्ध निर्देशनालय प्रमुखको जिम्मेवारीमा ल्याउने तयारी छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा हालका कर्णाली प्रदेशका डीआईजी बसन्तकुमार पन्त वा प्रवन्ध निर्देशनालयका डीआईजी पुरुषोत्तम कंडेललाई पठाउने बिषयमा गृहकार्य भइरहेको बुझिएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा डीआईजी प्रकाशजंग कार्कीको सरुवा गर्ने तयारी छ । लुम्बिनी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी डीआईजी गणेशबहादुर ऐर र डीआईजी मुकुन्द आचार्य मध्ये एकलाई पठाउने तयारी भएको गृह निकट स्रोतले बतायो ।

कर्णाली प्रदेशमा डीआईजी प्रकाश अधिकारी र सुदुरपश्चिम प्रदेशमा डीआईजी डा. देवबहादुर बोहरालाई पठाउने तयारी भएको छ । केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) मा सरुवा हुन धेरै डीआईजीहरुले इच्छा देखाएका छन् ।

स्रोतका अनुसार सिआईबीको नेतृत्वमा डीआईजी उत्तमराज सुवेदीको सरुवा हुने सम्भावना देखिएको छ । डीआईजीहरु घनश्याम अर्याल, धिरजप्रताप सिंह र बसन्तकुमार लामाको प्रहरी प्रधान कार्यालयमा सरुवा हुने छाँटकाट देखिएको छ । उता लुम्बिनी प्रदेशका डीआईजी रवीन्द्र बहादुर धानुकलाई विशेष ब्यूरोको जिम्मेवारी लगभग पक्का जस्तै भएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.