add

योगमय जीवन : यसरी योग गर्नुहोस् र तन्दुरुस्त बन्नुहोस्






ActPro Nepal

|

८ जेठ, २०७८

|
1288

काठमाडौं । पछिल्लो समयमा योगको प्रभावकारिताको बारेमा निकै चर्चा हुने गरेको पाइन्छ । स्मरण शक्ति बढाउन, आफूलाई स्वस्थ, मनलाई शान्त राख्न, मोटोपन घटाउन र फूर्तिलो तथा शरिरका अङ्गलाई तन्दुरुस्त राख्नको लागि योग फलदायी भएको बताइन्छ । 

तर अझै पनि हामी धेरै मानिसलाई योग कुन अवस्थामा कस्ता मानिसहरुले कसरी गर्दा बढी फलदायी हुन्छ भन्ने थाहा नहुनसक्छ । तल यसका बारेमा चर्चा गरिएको छ : 

खाली पेट बिहान योग गर्नु सबभन्दा राम्रो हुन्छ। अन्य समयमा गर्नुपर्दा टन्न खाएको ४ घन्टा र हल्का खाएको दुई घन्टापछि योग गर्नु राम्रो हुन्छ । चस्मा र कन्ट्याक लेन्स झिकेर अभ्यास गर्नुपर्छ ।

दिसा–पिसाब सकेर मात्र अभ्यास गर्नु राम्रो हुन्छ । हरेक दिन एउटै समयमा २० मिनेटदेखि ९० मिनेटसम्म योग गर्नु राम्रो हुन्छ । प्रत्येक योगासनको अवधि १५ सेकेन्डदेखि बिस्तारै बढाएर ३ मिनेटसम्म पुर्‍याउन सकिन्छ। 

योग गर्दा खुकुलो तथा सजिलो किसिमको लुगा लगाउनुपर्छ । योग अभ्यासको लागि शान्त, सफा, हावादार तथा न्यानो ठाउँ छनौट गर्नुपर्छ । शरीरलाई जबरजस्ती जोड पर्ने गरी अभ्यास गर्नुहुँदैन । 

योग अभ्यास सकेर आधा घन्टापछि मात्रै खाना खानु उपयुक्त हुन्छ । महिलाले महिनावारी भएको बेला तल्लो पेटमा बल पर्ने गरी अभ्यास गर्नुहुँदैन । यस्तो बेला कीर्तन, ध्यान, प्रणायम गर्नु राम्रो हुन्छ । 

सामान्यतयाः अगाडि टाउको झुकाएर गर्ने अभ्यासले तनाव कम गर्नुका साथै मनोबल उच्च गराउँछ। तर मुटु, हर्निया तथा उच्च रक्तचाप भएकाले यो अभ्यास गर्नु हुँदैन। 

कम्तीमा ३ देखि ६ महिना नियमित अभ्यास गरेपछि मात्रै फाइदा लिन सकिन्छ । उच्च रक्तचाप, मुटुरोग, श्वासप्रश्वास, अनिद्रा तथा स्मरणशक्ति न्यून भएकाले प्राणायाम गर्दा श्वास रोक्न हुँदैन। 

अपरेसन गरेका बिरामीले कम्तीमा २ वर्षपछि अथवा विज्ञको सल्लाह लिएर र दीर्घ रोगीले पनि विज्ञको सल्लाहअनुसार योग अभ्यास गर्नुपर्छ। यसरी गर्नुहोस् योग :

योग गर्नुअघि सबैभन्दा पहिले सजिलो आसन छान्नुपर्छ । त्यसपछि आसनमा आरामसँग बस्नुपर्छ । आसनमा बसेपछि ढाड र गर्दनलाई सीधा पार्नुपर्छ । योग गर्दा श्वासलाई ध्यान दिनुपर्छ । 

दिमागलाई स्वस्थ राख्न श्वासप्रश्वासको भूमिका महत्वपूर्ण हुन्छ । अबको स्टेजमा शरीरलाई बिस्तारै हल्कासँग उठाउनुहोस्, सीधा उभिनुहोस्, अनि दुवै खुट्टा एकै ठाउँमा जोडेर राख्नुपर्छ । 

पूरा शरीरलाई मिलाएर खुट्टा जोडेर राख्नुपर्छ । अब दाहिने गोडालाई बिस्तारै उठाएर देब्रे तिघ्रामा सटाउनुहोस् । श्वास लिएर दुवै हातलाई जोडेर नमस्ते मुद्रामा राख्नुहोस् । 

अब श्वास छाड्दै दुवै हत्केला माथि लानुपर्छ । त्यही आसनमा ३० सेकेन्डसम्म रहनुपर्छ । दाहिनेतर्फबाट आसनको अभ्यास गरेपछि सन्तुलनका लागि सोही प्रक्रिया देब्रेतिरबाट पनि गर्नुपर्छ ।  


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.