add

नेपाल लाइफले कमायो ५० करोड ६६ लाख रुपैयाँ खुद नाफा






ActPro Nepal

|

३० वैशाख, २०७८

|
1103

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको खुद मुनाफामा सामान्य सुधार भएको छ ।

कम्पनीले बिहीबार सार्वजनिक गरेको चालू आवको वित्तीय विवरण अनुसार ५० करोड ६६ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यद्दपि, यसमा कम्पनीले बीमांकीय मूल्यांकनपछि प्राप्त हुने मुनाफा भने गणना गरेको छैन ।

यो गत वर्षको सोही अवधिको तुलनामा ८.३६ प्रतिशतले बढी हो । गत वर्ष तेस्रो त्रैमाससम्म कम्पनीले ४६ करोड ७५ लाख ७६ हजार रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीले चालू आवको तेस्रो त्रैमासमा कमाएको खुद मुनाफा दुई वाणिज्य बैंककोभन्दा धेरै हो । तेस्रो त्रैमासमा सिभिलले ५० करोड र सेञ्चुरी बैंकले ३५ करोड नाफा कमाएका छन् ।

हाल ७ अर्ब १९ करोड चुक्ता पूँजी रहेको कम्पनीको रिजर्भ कोषमा १ अर्ब १२ करोड रुपैयाँ संचित छ । समीक्षा अवधिमा कम्पनीको जीवनमा कोषको आकार ३२.२५ प्रतिशतले बढेर १ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ । खुद बीमा शुल्क ३५.४९ प्रतिशतले बढेर २४ अर्ब ९५ करोड भन्दा बढी पुगेको छ ।

त्यस्तै, यस अवधिमा कम्पनीको जीवन बीमा कोष ३२.२५ प्रतिशतले बढेर १ खर्ब ७ अर्ब ६१ करोड ७७ लाख २४ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको जीवन बीमा कोष ८१ अर्ब ३७ करोड ६६ लाख ६६ हजार रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनको दिर्घकालिन क्षेत्रमा लगानी १६.१७ प्रतिशतले बढेर ५० अर्ब ३३ करोड १ लाख ८८ हजार रुपैयाँ रहेको छ । कम्पनीको कर्जा लगानी आम्दानी ३३.४० प्रतिशतले बढेर ५ अर्ब ४८ करोड ८ लाख ५९ हजार रुपैयाँ आर्जन गरेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी गत आर्थिक बर्षको यस अवधिमा ११ रुपैयाँ ३४ पैसा रहेकोमा यस बर्ष भने घटेर ९ रुपैयाँ ३८ पैसा रहेको छ ।

कम्पनीको यस अवधिमा खुद दाबी भुक्तानी ४०.५२ प्रतिशतले बढेर ७ अर्ब २९ करोड ७४ लाख ७४ हजार रुपैयाँ गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा ५ अर्ब १९ करोड ३० लाख ५८ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.