add

आगामी तीन हप्ता नेपालमा स्थिति अत्यन्तै कठिन रहनेछ, सुरक्षा अपनाऔँ : डा. पाण्डे






ActPro Nepal

|

२९ वैशाख, २०७८

|
830

काठमाडौं । आगामी तीन हप्ता नेपालमा कोरोना संक्रमणको जोखिम रहेको भन्दै विज्ञहरुले सचेत रहन आग्रह गरेका छन् ।

जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले नेपालमा कोरोना संक्रमण तीव्र रुपमा फैलिनुका साथै अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव देखिएको हुँदा यो अवस्था अझै ३ हप्ता रहने उनले बताएका हुन् ।

आगामी तीन हप्ता नेपालका लागि अत्यन्तै कठिन अवस्था रहेको र त्यसपछि केहि सहज हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै डा. पाण्डेले सकेसम्म बाहिर ननिस्कने र निस्कनै पर्ने भएमा सामाजिक दूरी कायम गर्न आग्रह गरेका छन् ।

उनले भनेका छन्- ‘आगामी ३ हप्ता नेपालको लागि अत्यन्तै कठिन अवस्था छ । अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ । दुख सहेरै भएपनि यो ३ हप्ता घरभित्र नै बसौं ।

जीवनको तुलनामा दुख सानो हो । सकभर खाद्यन्य दैनिक किन्ने नगरौं । पसल, बाटो, चोक, खेल्ने ठाउँ, गल्ली सबैतिर संक्रमित छन् भनेर निस्किनै परे डबल मास्क लगाएर, ६ फिटभन्दा धेरै दुरी कायम गरेर, हात साबुनपानी/स्यानिटाइजरले सफा गरेर सुरक्षित बनौं ।

भेटघाट बन्द गरौँ । यो ३ हप्ता दुख सह्यौं भने संक्रमणको दर घट्दै जानेछ । रोकथामभन्दा उपचार निकै कठिन र जोखिमपूर्ण छ । यसपटकको कोरोना भाइरसको प्रजातिलाई नजरअन्दाज नगरौं । सरकारले कडाइ गरेको हाम्रै लागि हो । हामी सबैजना कडा सेल्फ लकडाउनमा बसौं । ’

कोरोना महामारी रोकथाम भन्दा उपचार निकै कठिन र जोखिमपूर्ण भएकाले यो ३ हप्ता दुःख सहन उनले आग्रह गरेका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.