add

संसद् विघटन होला कि भन्ने चिन्ता हो भने मलाइ भोट दिनुस्:प्रधानमन्त्री






ActPro Nepal

|

२७ वैशाख, २०७८

|
834

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि प्रतिनिधि सभा विघटनको खतरा देखेको भए त्यो टार्न आफूलाई विश्वासको मत दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेका छन् । 

सोमबार प्रतिनिधि सभामा विश्वासको मत माग्दै प्रस्तुत गरेको प्रस्तावमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै उनले उक्त आग्रह गरेका हुन्।

ओलीले आफूलाई विश्वासको मत दिए संसद जोगिने बताएका छन्। ओलीले भने, ‘संसद विघटन होला भन्ने चिन्ता छ, मत दिनुहोस् न कसरी हुन्छ ? आफैं विश्वासको मत नदिएर विघटनतिर लैजाने ?’

‘उनले मुद्दा लडेर फिर्ता ल्याएको संसद् बचाउनका लागि आफूलाई भोट दिन आग्रह गरे।

ओलीले ढिलोमा पनि अबको डेढ वर्षमा चुनाव हुने बताउँदै चुनाव हुँदैमा लोकतन्त्र खतरामा नपर्ने बताए। ‘चुनाव हुँदा लोकतन्त्र खतरामा पर्दैन,’ उनको भनाइ छ, ‘बोरिस जोनसोनले अस्ति चुनाव गराउनु भयो। बेलायतमा लोकतन्त्र खतारमा परेन।’

ओलीले भिरबाट हाम फालेर गुरुत्वाकर्षणलाई दोष नदिन आग्रह गरे। उनले सरकारले असाध्यै राम्रो काम गरेको जिकिर गरे। सरकारलाई काम गरेन भनेहरुले पाप धर्मको ख्याल गर्न अनुरोध समेत गरे।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.