add

कोरोना संक्रमितमा देखियो यस्ता बिल्कुलै नयाँ लक्षण, डाक्टरहरूले समेत सकेनन् छुट्याउन






ActPro Nepal

|

२१ वैशाख, २०७८

|
664

काठमाडौ । कोरोना भाइरसका लक्षणहरू रुखाखोकीसँग यति धेरै मिल्दोजुल्दो छ कि यी दुइमा भिन्नता छुट्याउन निकै कठिन हुन्छ । यद्यपि एक नयाँ रिपोर्टले कोरोना भाइरसको पूर्ण नयाँ लक्षणहरू देखाएको भारतीय अधिकारीहरुले बताएका छन् ।

छिमेकी मुलुक भारतमा कोरोना संक्रमण भयावह रूपमा फैलिएसँगै नेपालमा पनि त्यसको प्रभाव देखिएको छ । केही दिन यता नेपालमा दिनानुदिन कोरोना संक्रमणले भयावह स्थिति निम्त्याइरहेको छ । 

उक्त रिपोर्टका अनुसार कोरोना संक्रमणमा बिरामीको प्लेटलेट्स अचानक कमि हुने बताइएको छ । जसले गर्दा बिरामीले असाध्यै थकान महसुस गर्दछ । त्यसपछि मात्रै बिरामीलाई ज्वरो आउने र श्वासप्रश्वासमा समस्या पार्ने बताइएको छ । यी प्रारम्भिक लक्षणहरूलाई वेवास्ता गर्दा घातक सविता हुन सक्दछ । 

टाइम्स अफ इण्डियाको रिपोर्ट अनुसार आजाद नगर पारा रोड निवासी ६० बर्षियले ज्यादै थकान महसुस गरेपछि १८ अप्रिलमा रगत परीक्षण गरे । 

उक्त परीक्षण पश्चात उनको शरीरको प्लेट्लेट्स अचानक ८५ हजारमा झरको पत्ता लाग्यो । एक मानव शरीर सामान्यतयाः डेढ लाखदेखि ४ लाखकोबीचमा प्लेटलेट्स हुनुपर्दछ । 

अलिम शेखले डाक्टरको निर्देशनमा औषधी खान थाले तर अप्रिल २३ मा उनलाई अचानक सास फेर्न गाह्रो हुन थाल्यो । त्यसपछि, उनले अर्को पटक रगत परीक्षण गरियो जसमा उनको शरीरको प्लेटलेट्स घटर २० हजार भएको पाइयो । 

बिरामीको अवस्था बिग्रँदो देखेर परिवारका सदस्यहरू उनलाई अस्पताल भर्ना गर्नका लागि धेरै अस्पतालहरू भौतारिए तर अक्सिजनसहितको बेड पाएनन् । 

अलिमकी भतिजी सनाले उपचारको पर्खाइमा नै उनको मृत्यु भएको बताइन् । त्यस्तै अर्को घटना बालागंज निवासी राजकुमार रस्तोगीको साथमा भयो । 

असाध्यै थकान महसुस गरेपछि उनले रगत परीक्षण गराए जसमा उनको शरीरमा २१ हजार प्लेटलेट्स मात्रै बाँकी भएको पत्ता लाग्यो । 

तर अप्रिल १६ मा, उनलाई अचानक सास फेर्न समस्या हुन थाल्यो । उनका छोरा स्वप्निलका अनुसार एक निजी अस्पतालमा परीक्षण गराएपछि उनलाई कोभिड निमोनिया भएको पत्ता लाग्यो ।

स्वप्निलले भने कि उनका बुवालाई शुरुवाती अवस्थामा कहिले सुख्खा खोकी, ज्वरो वा सास फेर्न समस्या भएको थियो । जुन कोभिड १९ को सामान्य लक्षण बुझिन्छ । 

उनले बताए कि कोभिड १९ पुष्टि भएपश्चात १७ अप्रिलमा उनलाई एक अस्पतालमा भर्ना गरियो । तर २० अप्रिलमा उनको मृत्यु भयो । फोक्सोमा इन्फेक्सन भएपछि उनको हालत असाध्यै बिग्रियो तर अस्पतालमा भेन्टिलेटरको सुविधासम्म थियो । यसकारण २० बर्षकै उमेरमा उनको मृत्यु भयो ।

सरोजिनी नगर निवासी अनूप कुमारको साथ पनि त्यस्तै भएको थियो । उसको प्लेटलेट पनि अचानक कमि भयो । उनले थकान र कमजोरी महसुस गरे । डाक्टरको सल्लाहमा शुरुवाती चरणमै उनको कोभिड १९ को लागि पिसिआर परीक्षण गरिएको थियो र उनको रिर्पोट पोजेटिभ आयो । 

अनूप अहिले आइसोलेसनमा छन् ।  उनी भन्छन् ”मलाई ज्वरो आएको छैन र यस रोगको कुनै लक्षण भने देखा परेको छैन, तर अझै मेरो रिपोर्ट पोजेटिभ आएको छ । मलाई यो रोगबारे समयमै थाहा भयो र यसले मलाई निको हुन निकै सहयोग गर्यो । 

रेस्पिरेटरी मेडिसिन डिपार्टमेन्ट प्न्ःग् का प्रोफेसर सन्तोष कुमार भन्छन्, ”हरेक भाइरस इन्फेक्सनमा प्लेटलेट्समा गिरावट आउछ । यसकारण थकानलाई बेवास्ता नगरी कोरोना भाइरसको परीक्षण गरिनु पर्दछ ।” 

उनका अनुसार कोभिड १९ को लक्षणहरू इन्फ्लूएन्जा जस्तै हो, तर अब धेरै नयाँ लक्षणहरू जस्तै डाइरिया, आँखा रातो हुनु, थकान पनि देखिएको छ । यी लक्षणहरू शरीरमा देखापर्ने बित्तिकै मानिसहरूले कोभिड १९ परीक्षण गराउनु पर्दछ । 

मेडिकल साइन्सको आरएमएल संस्थानका डा. विक्रम सिंह भन्छन्, “थकान वा अस्वस्थता भाइरल ज्वरोको लक्षण हो । कोभिड पनि एक प्रकारको भाइरल हो जसमा मानिसहरूले यी दुवै दुखाइलाई ज्वरो महसुस गर्छन् ।

सामान्यतया, एक जना मानिसको प्लेटलेट गणना प्रतिलिटर १.५ देखि ४.५ लाख ब्लड हुन्छ । तर धेरै जसोमा यो प्रतिलिटर ७५ हजार देखि ८५ हजारसम्म मात्रै हुदा पनि काम गर्छ ।

कहिलेकाही डेंगू या कुनै अन्य बिरामीले हेलचत्र्याई गर्दा पनि प्लेटलेटमा गिरावट आउँछ । डाक्टहरुले कुनै व्यक्तिले थकान वा अस्वस्थ महसुस गर्ने वित्तिकै तुरुन्त कोभिड १९ परीक्षण गर्न सल्लाह दिएका छन् । 

डाक्टरले लक्षण देखिए पछि भने रिर्पोट नेगेटिभ आएकाहरुलाई सचेत गराएका छन् । यी मानिसहरुलाई सेल्फ आइसोलेसनमा बस्ने सल्लाह दिइएको छ । शरीरमा देखिएको लक्षणबारे थाहा पाउन जरुरी छ । 

कोभिडका धेरै बिरामीहरूको गन्ध र स्वाद लिन सक्ने क्षमता कम हुन्छ । यो लक्षण शरीरमा ज्वरो आउनुभन्दा अगाडि देखिन्छ । यतिसम्म कि संक्रमित निको भएपश्चात पनि लामो समयसम्म बिरामीलाई यो महसुस हुन्छ ।

ज्वरो कोभिड १९ को धेरै सामान्य लक्षण हो ।

जब दुखाइ कम गर्ने औषधीहरूले पनि ज्वरो कम नभएमा र अवस्था गम्भीर हुनुका साथै ठन्डी महसुस हुन्छ भने त्यो कोरोनाको सङ्केत हुनसक्छ ।

सुख्खा खोकी र ज्वरो बाहेक कोभिड १९ का बिरामीहरु अक्सर धेरै थकान वा कमजोरी महसुस गर्दछन् । अन्य भाइरल संक्रमणको तुलनामा कोभिड १९ को कारण भएको थकान सहज मुस्किल हुन्छ । 

कोभिड १९ र चिसो वा फ्लू बाट हुने घाँटी दुखाईकोबीच अन्तर बुझ्न प्रायः मानिसहरुलाई गाह्रो हुन्छ । ध्यान राख्नुहोस् किन तपाईलाई ज्वरो या खोकीको साथ घाँटी दुख्छ भने यो कोभिड १९ को लक्षण हो । 

कोभिड १९ को धेरैजसो बिरामीलाई डायरिया र वाकवाक लाग्ने जस्तो लक्षण देखिएको छ । यसले बिरामीको पेट दुख्ने र बान्ता हुने जस्ता लक्षण पनि पाइएको बताइएको छ । 

आजतकबाट 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.