काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । मंगलबार सामान्य अंकले बढेको नेप्से बुधबार नेप्से ३२.४१ अंकले घटेर २६३२.२१ विन्दुमा झरेको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २१४ कम्पनीको ५ अर्ब ७७ करोड २२ लाख ५१ हजार २०३ रुपैयाँ बराबरको १ करोड ३७ लाख ८७ हजार २१८ कित्ता शेयर किनबेच भएका छन् ।
कारोबारमा आएका १३ वटा समूहमध्ये १वटा समूहको परिसूचकमा हरियाली छाएको छ भने १२ वटा समूहको परिसूचक राताम्मे भएका छन् ।
कारोबारमा आएका २१४ कम्पनीमध्ये २१ कम्पनीको शेयर मूल्य बढेको छ भने १५० कम्पनीको मूल्यमा गिरावट आएको छ । १० कम्पनीको मूल्य स्थिर रहेको छ ।
कारोबार भएका ४ कम्पनीका लगानीकर्ता मालामाल भएका छन् । आज पोजेटिभ सर्किट लाग्नेमा ज्योति लाइफ इन्स्योरेन्स, महिला लघुवित्त वित्तिय संस्था, हिमाल दोलखा हाइड्रोपावर र ग्रीन डेभलपमेन्ट बैंक कम्पनी रहेका छन् । लागानीकर्ताको रोजाइमा निफ्रोको शेयर परेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।