add

सर्वोच्चको आदेश विपरीत पशुपति क्षेत्रमा क्रिश्चियन धर्मावलम्बीले बनाए पक्की चिहान






ActPro Nepal

|

३० चैत, २०७७

|
395

काठमाडौं । सर्वोच्च अदालतको आदेश विपरीत विश्‍व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रमा इसाइ (क्रिश्चियन) धर्मावलम्बीको शव गाड्ने पक्की चिहान बनाउने क्रम बढेको छ ।

सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिर क्षेत्रमा इसाइ धर्मालम्बीको शव गाडिएकोप्रति सनातन धर्म महासङ्घ नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

इसाइ धर्मावलम्बीको उक्त काम गैरकानूनी र अवाञ्छित भएको महासङ्घका महासचिव अभिषेक जोशीले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सर्वोच्च अदालतको विसं २०६८ जेठ १ गतेको परमादेशअनुसार पशुपतिनाथको वनक्षेत्रमा इसाइ धर्मावलम्बीलाई शव गाड्न निषेध गरिएको छ ।

महासङ्घले चैत २६ मा श्लेषमान्तक वन निरीक्षण गर्दा इसाइ धर्मावलम्बीद्वारा निर्माण गरिएका नयाँ पक्की चिहान फेला परेको महासचिव जोशीले बताए । यसबारे सरोकारवाला निकायको ध्यानाकर्षण गराइएको महासङ्घले जनाएको छ ।

सर्वोच्च अदालतको आदेश, पशुपति क्षेत्र विकास कोष ऐन २०४४ तथा नेपालको संविधानको उल्लङ्घन भइरहँदा पशुपति क्षेत्र विकास कोषलाई त्यस्ता गतिविधिहरूबारे जानकारी छ कि छैन भनी महासचिव जोशीले प्रश्‍न गरेका छन् ।

श्लेषमान्तक वनको संरक्षण, संवर्द्धन तथा सरसफाइ पनि हुन नसकेको निरीक्षणका क्रममा देखिएको उनले सुनाए ।

वनमा खुलेआम दिसापिसाब, अनैतिक क्रियाकलाप, प्लाष्टिकजन्य फोहर, बेवारिसे शव, रक्सीका बोतल फेला परेका छन् । पशुपतिनाथ जस्तो धार्मिक स्थल सबै प्रकारले सुरक्षित, मर्यादित र सफासुग्घर हुनुर्ने महासङ्घको माग छ ।

कोषले पनि यस विषयमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ । रासस


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.