add

प्रहरी नियमावली संशोधनकाे तयारी : अवकाशको क्रममा एक तह स्वतः बढुवा






ActPro Nepal

|

३० चैत, २०७७

|
1578

काठमाडौँ। नेपाल प्रहरीमा आफ्नो सेवा अवधी पूरा गरी अवकाश जाने कर्मचारीको एउटै पदमा बहाल रहेको सेवा अवधी छ वर्ष पूरा भएमा अवकाशको क्रममा एक तह स्वतः बढुवा हुने भएको छ।

गृहमन्त्रालयले प्रहरी नियमावली संशोधन गरी स्वतः बढुवाको प्रावधानलाई ६ वर्ष कायम गर्न लागेपछि अवकाशको मुखमा बढुवा हुने अवधि घट्ने भएको हो। गृहमन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जुनियर प्रहरी अधिकृतहरुको तथा जवानहरुको अवकाश हुने समयमा बढुवाको प्राब्धान घटाउन लागेको बताए।

‘नियमावली संशोधन हुँदैछ केही नयाँ प्रावधानहरु थपिएका छन् जसले गर्दा तल्लो तहका प्रहरी अधिकारीहरुलाई अलि अलि राहत हुनेछ’, सहसचिव एवं प्रवक्ता बुढाले भने। यसअघि बहाल रहेको पदमा १२ वर्ष सेवा अवधी पुगेकाको हकमा मात्रै अवकाशमा जाँदा एक तह बढुवा रहने प्रावधान प्रहरी नियमावलीमा रहेकोमा त्यसलाई संशाेधन गरी आधा कम गरी अर्थात छ वर्षमा स्वतः बढुवाको प्रावधान राख्न लागिएको हो।

प्रहरी प्रधान कार्यालयले ‘एउटै पदमा कम्तीमा छ वर्ष बहाल रहिरहेका र अनिवार्य अवकाश हुन एक महिना बाँकी भएमा निजलाई एक श्रेणी वा तह माथिको पदमा बढुवा गरिने तथा त्यसरी बढुवाहुनेहरुका लागि विशेष पद सृजना गरिने र सो कर्मचारी अवकाश भएसँगै सो पदपनि स्वत खारेज हुने’ प्रावधान सहितको व्यवस्था प्रहरी नियमावलीमा परिवर्तन गर्न सिफारिस गरेको गृह मन्त्रालयमा गरेको थियो।

यस्तो सुविधा उपरीक्षक (एसपी) को हकसम्म मात्रै हुनेछ। प्रधान कार्यालयको सो सिफारीस गृहमन्त्रालयमा पठाएकोमा गृहमन्त्रालयबाट स्विकृत भई सहमतिका लागि कानुन न्याय तथा संसदिय मामिला मन्त्रालय र अर्थ मन्त्रालयमा पठाइएको छ। कानुन र अर्थ मन्त्रालयबाट सहमती भई आएलगत्तै गृहले सो सम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा पठाउने छ।

मन्त्रिपरिषदबाट स्विकृत भएमा प्रहरी नियमावली संशाेधन भई अव अवकाश जाँदा प्रहरी कर्मचारीले छ वर्षमै स्वतः बढुवा पाउनेछन्। सशस्त्र प्रहरी बलमा बलको नियमावलीले २०७२ सालमै पाँच वर्षमा त्यस्तो बढुवा हुने प्रावधान राखी कार्यान्वयनमा आइरहेकोमा नेपाल प्रहरीमा भने हाल त्यस्तो अवधी १२ वर्ष रहेको छ। पूर्व एसएसपी गणेश रेग्मीले प्रहरी नियमावलीमा भएका असमान प्रावधान हटाएर संशाेधन गर्न सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। उनले रिट दायर गरेको दुई महिनापछि मन्त्रालयले नियमावली संशोधनको तयारी गरेको हो।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.