add

विदेशी दातृ निकायबाट कति पैसा आयो, सदनलाई जानकारी होस् : सांसद सिंह






ActPro Nepal

|

१२ फागुन, २०८१

|
180

काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले नेपालमा विदेशी दातृ निकायबाट प्राप्त सहयोगको पूर्ण विवरण सार्वजनिक गर्न सरकारलाई कडा चेतावनी दिएका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले प्राप्त सहयोग कति र कहाँ खर्च भयो भन्ने प्रश्न उठाएका छन्।

"हामी सार्वभौम देशका नागरिक हौं। कति पैसा धर्मानान्तरणमा गयो, कति जातीय द्वन्द्व सिर्जना गर्न प्रयोग भयो, कति राष्ट्र विखण्डनमा खर्च भयो— यसको सम्पूर्ण विवरण सदनलाई जानकारी दिनुपर्छ।" उनले भने, ‘दातृ निकायबाट कति सहयोग आएको छ त्यो सरकारले सदनलाई जानकारी गराउनुपर्दछ।’

उनले नेपाल ग्रे-लिष्टमा पर्नुको कारणसमेत सदनलाई जानकारी गराउन अर्थमन्त्रीलाई आग्रह गरे। साथै, विदेशी सहयोगको पारदर्शिता कायम गर्न "सरकारले तुरुन्तै श्वेतपत्र जारी गर्नुपर्छ" भन्दै सरकारलाई कडा दबाब दिए।

उनले अहिलेको सरकारलाई कति पैसा एनजिओबाट नेपाल आयो र केमा लगानी भयो भनेर श्वेतपत्र जारी गर्न माग गरे। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.