add

सरकारको रोजगार नीति असफल : माघसम्म पाँच लाखले लिए श्रम स्वीकृति






ActPro Nepal

|

१२ फागुन, २०८१

|
106

काठमाडौं । सरकारले स्वदेशमै रोजगारी सिर्जना गर्ने, सीप विकास गर्ने, र श्रमिकलाई सुरक्षित रोजगारीमा खटाउने योजना बनाउन नसक्दा चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जानको लागि साढे चार लाख बढीले श्रम स्वीकृति लिएका छन् । जुन गत आर्थिक वर्षको भन्दा १५.६६ प्रतिशतले धेरै हो ।

चालु आर्थिक वर्ष २०८१्८२ को पहिलो सात महिना (साउनदेखि माघ मसान्तसम्म)मा वैदेशिक रोजगारीमा जान चार लाख ६५ हजार ५०८ जनाले श्रम स्वीकृति लिएका छन् । जुन संख्याले नेपालमा बढ्दो बेरोजगारी, श्रम बजारको अस्थिरता, र सरकारको नीति निर्माणको असफलतालाई उजागर गर्दछ  ।

चालु आर्थिक वर्षको पहिलो सात महिनामा औसतमा प्रत्येक महिना ६६ हजार ५०१ जनाभन्दा बढीले वैदेशिक रोजगारीमा जान विभागबाट श्रम स्वीकृति लिएको देखिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा वैदेशिक रोजगारीमा जान विभागबाट चार लाख दुई हजार ४७७ जनाले श्रम स्वीकृति लिएका थिए ।

अघिल्लो आर्थिक वर्षको पहिलो सात महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा वैदेशिक रोजगारीमा जान ६३ हजार ३१ जना बढीले श्रम स्वीकृति लिएका छन् । चालु श्रम स्वीकृति लिनेमा चार लाख १२ हजार ५५२ जना पुरुष र ५२ हजार ९५६ जना महिला छन्।

चालुआर्थिक वर्षमा यस अवधिमा नेपालीको प्रमुख गन्तव्य युनाइटेड अरब इमिरेट्स ९यूएई० मा युवा जनशक्तिको आकर्षण देखिएको छ । यूएईमा माघ महिनामा मात्र २५ हजार ३ सय ४ जनाले श्रम स्वीकृति लिएका छन् ।

त्यस्तै साउदी अरब १२ हजार ८ सय ७९, कतार ११ हजार ८ सय ९८ , कुवेत ५ हजार ६६५, मलेसिया ३ हजार ५ सय ९२, जापान २ हजार ३ सय ३५ र क्रोएसियाका लागि १ हजार २४ जनाले श्रम स्वीकृति लिएका छन् ।

विभागको तथ्यांकअनुसार, चालु आर्थिक वर्ष २०८१÷८२ को साउनमा ५९ हजार ५७५, भदौमा ५७ हजार ४९३, असोजमा ५३ हजार ५२५, कात्तिकमा ७० हजार ९९०, मंसिरमा ८४ हजार २२६, पुसमा ६७ हजार २५८ र माघमा ७२ हजार ४४१ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । 

सरकारले प्रत्येक वर्ष रोजगारी सिर्जना गर्ने प्रतिबद्धता जनाउँछ, तर वास्तविकता फरक छ । युवाहरूलाई स्वदेशमै अवसर दिन नसक्दा, उनीहरू उच्च जोखिमपूर्ण अवस्थामा विदेशिन बाध्य छन् । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.