add

प्रधानमन्त्री ओलीको राजीनामा माग्ने कांग्रेसमा सहमति,सरकारको नेतृत्व लिने निर्णय






ActPro Nepal

|

२० चैत, २०७७

|
1156

काठमाडौँ  । प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आगामी सरकारको नेतृत्व लिने निर्णय गरेको छ ।

पार्टी कार्यालय सानेपामा दिउँसो २ बजेका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक रोकेर सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला लगायतबीच भएको छलफलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा र आफ्नै नेतृत्वमा सरकार गठन गर्न अग्रसरता लिने सहमति भएको हो ।

लामो रस्साकस्सीपछि ओलीको राजीनामा माग्ने र कांग्रेसकै नेतृत्वमा सरकार गठनको अग्रसरता लिने सहमति जुटेको एक नेताले जानकारी दिए ।

ओलीले संसद बिघटन गरेपछि पनि कांग्रेसले ढुलमुले नीति लिएको भन्दै कांग्रेसको चर्को आलोचना हुँदै आएको छ।

कांग्रेसमा देउवा र पौडेल समूहबीच ओलीलाई समर्थन गर्ने वा नगर्ने भन्ने बिषयमा सहमति जुट्न सकेको थिएन।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.