काठमाडौं। प्रतिनिधिसभाको अर्को बैठक चैत २३ गते दिउँसो १ बजे बस्ने भएको छ। आजको बैठकमा भने सांसदहरूले शून्य र विशेष समयमा धारणा राखेका छन्।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०७६/२०७७ को वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०७६/२०७७ को वार्षिक प्रतिवेदन पेश गरिएका छन्।
पूर्वसांसदहरू नवीन्द्रराज जोशी र लक्ष्मीदेवी भण्डारीको निधनप्रति शोक प्रस्ताव पारित भएको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।