add

बालाजु बाइपासमा निर्माणाधीन सूचना केन्द्रको शिलान्यास






ActPro Nepal

|

१८ चैत, २०७७

|
1221

काठमाडौं । बालाजु बाइपासमा निर्माणाधीन सूचना केन्द्रको शिलान्यास गरिएको छ । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सूचना केन्द्रको शिलान्यास गरेका हुन् । 

करिब एक करोड लागतमा बालाजु र बनेपास्थित काठमाडौं महानगरपालिकाको स्वामित्वमा रहेको कित्ता नम्बर ९९ र १२५ को जग्गामा सुविधा सम्पन्न सार्वजनिक शौचालयसहितको सूचना केन्द्र निर्माण गरिँन लागेको हो । उक्त कार्यक्रममा मानन्धरले सर्वोच्च अदालतको आदेश पालना गरेर अघि बढे नेकपा एमाले थप बलियो बन्ने बताए । 

मन्त्री मानन्धरले पार्टीभित्र देखिएको संक्रमण केही दिनभित्रै समाधान हुने दाबी पनि गरे। सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्रलाई अलग-अलग पार्टीको मान्यता दिएकाले अब एमाले थप संगठित हुने बताए। 

वरिष्ठ नेता नेपाल समूहतर्फ संकेत गर्दै अनावश्यक लफडाले आफैँलाई घात गर्ने मन्त्री मानन्धरको तर्क छ। तत्कालीन नेकपामा रहँदाको अवस्थाबाट आफूहरू एमाले भइसकेकाले अब पार्टीभित्र अन्तरकलह गर्ने नेताहरूलाई आवश्यक कारबाही हुने मन्त्री मानन्धरले बताए।

नेकपा एमालेको नेतृत्वमा रहेको वर्तमान सरकारले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न लागिपरेको बताउँदै पार्टीभित्रबाट जनताको समृद्धिको सपनामाथि खेलबाडको प्रयास भइरहेको पनि मन्त्री मानन्धरको दाबी छ। 

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओली नेतृत्वको सरकारले गरेका जनपक्षीय काम देखेर अत्तालिएका सरकारविरुद्ध खनिएको मन्त्री मानन्धरको तर्क छ। सरकारले एकपछि अर्को जनपक्षीय कामहरू गरिरहेको बताउँदै जनताको सामाजिक सुरक्षा र आर्थिक हैसियत बढाउने सरकारको प्रयास रोक्न खोजिएको दाबी गरे।

एमालेभित्रको समस्या  समाधान गरेर राष्ट्रिय आकांक्षा पूरा गर्नेगरी प्रधानमन्त्री ओलीले काम गरिरहेको बताउँदै मन्त्री मानन्धरले संस्थागत पार्टी प्रणालीमा कसैको व्यक्तिगत चाहनाअनुसार पार्टी चल्न नसक्ने बताए। 

आफ्नै पार्टीका केही नेताहरू सरकार र पार्टीविरोधी गतिविधिमा संलग्न रहेको बताउँदै मन्त्री मानन्धरले इतिहासले सबैलाई दण्डित गर्ने बताए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.