add

मेराे ज्यान तलमाथि हुनसक्छ : प्रधानमन्त्री ओली






ActPro Nepal

|

१७ फागुन, २०७७

|
983

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि आक्रमण हुन सक्ने बताएका छन्। पोखरामा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूमाथि शारीरिक आक्रमण हुनसक्ने जोखिम रहेको बताएका हुन्।

‘ममाथि शारीरिक हमला हुनसक्छ। ज्यान तलमाथि भयो भने पनि अनौठो नमान्नु होला,’ प्रधानमन्त्री ओलीले भने, ‘पर्याप्त सतर्कता अपनाउनु पर्ने छ।’

५० वर्ष पहिला टुक्राटुक्रामा बाँडिएको कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्न ठूलो भूमिका निर्वाह गरेको ओलीले उल्लेख गरे। उनले आफूले सधैं देशको र नागरिकको पक्षमा काम गरेको केही देशी तथा विदेशी पक्षलाई नपचेकाले भौतिक आक्रमण हुने बताए।

प्रधानमन्त्री ओलीले आफू नरहे पनि पार्टीलाई तलमाथि हुन नदिने बताए। उनले भने, ‘म रहिन भने पनि आन्दोलन रोकिन्न, पार्टीलाई तलमाथि हुन दिनु हुन्न। लोकतन्त्र तलमाथि हुन दिनु हुन्न।’

प्रधानमन्त्री ओलीले सर्वोच्चको फैसलाले देश अन्यौलमा फसेको बताए। उनले भने, ‘अब राष्ट्रिय राजनीति कता जान्छ त्यो हेर्नु पर्छ।’

‘सर्वोच्चले यो भन्दा विपरित निर्णय गरेको भए अहिले देश निर्वाचन मय हुने थियो।’ प्रधानमन्त्री ओलीले भने, ‘जनतासँग डराउनेहरुले गर्दा अहिले देशको राजनीति नै अन्यौलमा परेको छ।’

माधव कुमार नेपाल आफू पदमा नभएपछि अरुलाई पनि पदमा बस्न नदिने पुरानै बानी भएको बताए। ‘मैले पहिला पनि कतै बोल्दा टेप रेकर्ड गरेर उहाँलाई सुनाउनु पथ्र्यो। कुनै टेलिभिजनमा अन्तरवार्ता दिन मिल्थेन। कसैसँग भेट्न मिल्थेन।’


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.