add

सुनको मूल्य ११ सय बढ्यो, हेर्नुहोस कतिमा हुँदैछ कारोबार






ActPro Nepal

|

११ फागुन, २०७७

|
881

काठमाडौं। साताको तस्रो दिन मंगलबार (आज) सुनको मूल्य ह्वात्तै बढेको छ। मंगलबार सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँ बढेको छ।

सोमबार सुनको मूल्य तोलामा ८९ हजारमा कारोबार भएको थियो। मंगलबार ११ सय रुपैयाँ बढेर सुन ९० हजार एक सय रुपैयाँ कायम गरिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलामा १ हजार ३ सय ३५ मा कारोबार भएको थियो। मंगलबार तोलामा २५ रुपैयाँ बढ्दै १ हजार ३ सय ६० पुगेको महासंघले जनाएको छ।

गएको हप्ताभरि घटेको सुनको मूल्य यो हप्तामा भने लगातार बढिरहेको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.