काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो नगरका स्थानीय बासिन्दाको निःशुल्क मिर्गौला परीक्षण गर्ने भएको छ ।
महानगरपालिकाले फागुन ५ गते देखि आगामी ६ महिनासम्म ३२ वटै वटाका नागरिकको निःशुल्क परीक्षण गर्न लागेको हो ।
‘स्वस्थ मिर्गौला, स्वस्थ काठमाडौु’ कार्यक्रम अभियानका रुपमा सुरु गर्न लागिएको महानगरपालिकाको जनस्वास्थ्य विभागद्धारा जारी सूचनामा जनाइएको छ ।
विभागले सार्वजनिक सूचना निकालेर वडामा रहेको सामुदायिक सहरी स्वास्थ्य क्लिनिकमा गएर निःशुल्क परीक्षण गराउन आग्रह गरेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।