add

रामकुमारी झाँक्रीलाई पक्राउ गर्न निवासमा पुग्याे प्रहरी






ActPro Nepal

|

२९ माघ, २०७७

|
1046

काठमाडौँ । नेकपा कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहको केन्द्रीय सदस्य रामकुमारी झाक्रीलाई पक्राउ गर्न प्रहरी उनको निवासमै पुगेको छ । 

राष्ट्रपति र प्रधानमन्त्रीको मानमर्दन हुनेगरी सार्वजनिक रुपमा अभिव्यक्ति दिएकी झाक्रीलाई प्रहरीले सोधपुछका लागि बिहान १० बजे बोलाएको थियो । तर उनी नआएपछि महानगरी अपराध महाशाखाको सादा पोसाकका प्रहरी टोली अहिले सादा पोशाकमा प्रहरी उनको निवासमै पुगेका हो । 

उनीहरुले अहिले झाक्रीको घर घेराऊ गरेर राखेको छ । झाक्रीले केहि दिनअघि गोरखा पुगेर राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अमर्यादित अभिव्यक्ति दिएकी थिइन् । 

उनले एक कार्यक्रममार्फत भनेकी थिइन्, ‘राष्ट्रपतिका कुरा त के गर्नु र ! बडामहारानीले चुनाव हुन्छ भन्नुभएछ । बडामहारानीलाई गोरखाबाटै सन्देश दिन्छु । शीतल निवासको कारगेट छाडेर कोटेश्वर फर्किए हुन्छ । चाबहिल हो कि कता घर छ रे । त्यता पनि नभए सिधै बालकोट नै गए पनि हुन्छ ।’ 

अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले झाँक्रीलाई सोधपुछका लागि कार्यालय बोलाएको जानकारी दिए । झाँक्री उपस्थित नभएमा पक्राउ गर्ने तयारी गरिएको उनले बताए ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.