add

भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी कदम आवश्यक छ : राष्ट्रपति भण्डारी






ActPro Nepal

|

२९ माघ, २०७७

|
980

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारीरुपमा कदम चाल्न आवश्यक रहेको बताएकी छन् । प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजिक अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भ्रष्टाचार नियन्त्रण प्रभावकारीरुपमा हुन सकेन भने राज्यका स्रोत दुरुपयोग गरी समग्र राज्य प्रणालीलाई नै जर्जर बनाउने हुँदा भ्रष्टाचार नियन्त्रण गर्न कडाइका साथ प्रस्तुत हुन जरुरी देखिएको बताइन् । भ्रष्टाचार गरी अकुत सम्पत्ति कमाउनेलाई कारवाहीको दायरामा ल्याउन जरुरी रहेको उनले उल्लेख गरिन् ।

“मुलुकमा हुनसक्ने अव्यवस्था, बेथिति र गैरकानूनी विचलनलाई समूलरुप अन्त्य गर्न सके मात्र समष्टिगतरुपमा भ्रष्टाचार न्यूनीकरण हुँदै जानेछ”, राष्ट्रपति भण्डारीले भनिन् । जननिर्वाचित सरकारले जनताका विकास र समृद्धिका आकाङ्क्षालाई प्रभावकारी ढङ्गले सम्बोधन गरी उच्चतम नागरिक उत्तरदायित्व बहन गर्दै अघि बढेको परिवेशमा भ्रष्टाचारप्रति शून्य सहनशिलता कायम गर्न सम्बद्ध सबै क्षेत्र, निकाय र समग्र समाज नै अग्रसर हुनुपर्ने उनले बताइन् । अख्तियारको दुरुपयोग गरी भ्रष्टाचार गर्ने र गराउनेलाई समयमै पहिचान गरी उचित दण्ड दिनसके मात्र सुशासन कायम हुनसक्ने उनले उल्लेख गरिन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो प्रतिवेदनमार्फत सुझाएका सार्वजनिक हित र सरोकारका विषयको प्रभावकारी कार्यान्वयनका लागि नेपाल सरकारले तदारुकताका साथ काम गर्ने छ भन्ने आफूले विश्वास लिएको उनको भनाइ थियो । भ्रष्टाचार र अख्तियार दुरुपयोगविरुद्ध परेका उजुरीहरूको छानविन र अभियोजनमा आयोगले निष्पक्षता, तटस्थता र निर्भिकतालाई मूल मन्त्र मानी कार्य गर्नेछ र राज्यलाई सुशासन र समृद्धिको मार्गमा सबभन्दा ठूलो अभिभाराका साथ योगदान गर्नेछ भन्ने अपेक्षा गरेको राष्ट्रिपति भण्डारीले उल्लेख गरिन् ।

“भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवद्र्धन र समृद्धि प्राप्तिका लागि आयोगका पदाधिकारी एवम् सम्पूर्ण राष्ट्रसेवक कर्मचारीको निष्ठा, प्रतिबद्धता, ऐक्यबद्धता र समर्पण रहने छ भन्ने मेरो विश्वास रहेको छ”, उनले भनिन् । भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनका लागि राज्यले लिएका निरोधात्मक, प्रवद्र्धनात्मक र उपचारात्मक रणनीतिको पूर्ण र प्रभावकारी कार्यान्वयनका लागि आयोग सक्रिय बन्नुपर्नेमा राष्ट्रपति भण्डारीले जोड दिइन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.