add

कक्षा १२ को नतिजा सार्वजनिक, एक जनाको रद्द, ११४९० जनाको स्थगित






ActPro Nepal

|

१९ माघ, २०७७

|
1145

काठमाडौं ।   राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सोमबार बिहान सम्पन्न बोर्ड बैठकले नतिजा सार्वजनिक गरेको हो ।

नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइट हेर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले बताएको छ ।

बोर्डले यस वर्ष कक्षा १२ को लागि ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको थियो । थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडेर नतिजा प्रकाशित गरिएको हो ।

कक्षा १२ को परीक्षामा नियमिततर्फ ३ लाख १० हजार ३१६ जना र ग्रेडवृद्धितर्फ ९१ हजार ९०० तथा आंशिकतर्फ ३१ हजार ५५ गरी कुल ४ लाख ३३ हजार २ सय ७१ जना सहभागी थिए ।

कक्षा ११ को प्राप्तांक नभएका र कक्षा १२ को आन्तरिक मुल्यांकनको अंक प्राप्त नभएका आंशिकतर्फ १ जनाको परीक्षा रद्द गरिनुका साथै ११ हजार ४९० जनाको परीक्षा भएको छ ।

परीक्षा बोर्डको वेबसाइट र एसएमएस सर्भिस लगायतबाट हेर्न सकिन्छ ।

कोरोना भाइरस संक्रमणका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा ९ मंसिरबाट सुरु भएको थियो । परीक्षामा देशभरबाट चार लाख ३२ हजार परीक्षार्थी सहभागी भएका थिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.