add

चन्द्रागिरी हिल्सको आइपिओमा कति पर्यो आवेदन ?






ActPro Nepal

|

२८ पुष, २०७७

|
1139

काठमाडौं । चन्द्रागिरी हिल्सको प्राथमिक साधारण सेयर (आइपीओ) मा मागभन्दा १७ गुणा बढी आवेदन परेको छ ।

विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार कम्पनीको आइपीओमा १२ लाख ५१ हजार १० जनाले २ करोड ४४ लाख ७४ हजार ५३० कित्ताका लागि आवेदन दिएका छन् ।

यो हालसम्म खुलेका कुनै पनि आइपीओमा परेको सबैभन्दा धेरै आवेदन हो । यसअघि प्रभु लाइफ इन्स्योरेन्सको आइपीओमा साढे १० लाखले आवेदन दिएका थिए ।

यद्यपि, अन्तिम तथ्यांक आइनसकेकाले आवेदकको संख्या अझै बढ्न सक्ने क्यापिटलले जनाएको छ । प्राथमिक तथ्यांक अनुसार ११ लाखभन्दा बढीले कम्पनीको आइपीओ नपाउने देखिएको छ ।

चन्द्रागिरी हिल्सले शुक्रबारदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरले १५ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ विक्री खुला गरेको थियो ।

निष्काशित कुल आइपीओ मध्ये ६१ हजार ३६४ कित्ता (४ प्रतिशत) कम्पनीका कर्मचारी र ७६ हजार ७०५ कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषकहरुका लागि छ्ट्याइएको थियो । बाँकी १३ लाख ९६ हजार २२ कित्ताका लागि सर्वसाधरणले आवेदन दिएका थिए ।

कम्पनीले पहिलो चरणमा मंसिर १७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका लागि निष्काशन गरेको ३ करोड ६८ लाख १ हजार ९०० रुपैयाँ बराबरको ३ लाख ६ हजार ८१९ कित्ता आइपीओमा जारी गरेको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.