काठमाडौं । साताको पहिलो कारोबार दिन आज शेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । आज नेप्से परिसूचक ४१.२४ अंकले बढेर २२३५.७२ अंकमा पुगेको छ । यो संख्या शेयर बजारको अहिलेसम्मको उच्च हो ।
आज राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्समा पनि नयाँ रेकर्ड कायम भयो । आज इन्डेक्स ७.२१ अंकले बढेर ४ सय २८.४३ अंकमा पुग्यो । यो अहिलेसम्मकै उच्च संख्या हो ।
आज जीवन बीमा बाहेक अन्य सबै समुहको सूचक बढ्यो । जीवन बीमाको सूचक ०.१२ प्रतिशत घट्यो ।
सबैभन्दा धेरै विकास बैंकको शेयर बढ्यो । विकास बैंकको शेयर ३.९८ प्रतिशत बढ्यो । त्यस्तै, बैकिङ्गको ३.५९ प्रतिशत, ट्रेडिङको ३.१७ प्रतिशत बढ्यो ।
आज २०७ कम्पनीको १ करोड ५० लाख ३० हजार ८ सय ३६ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३२ करोड ६६ लाखको कारोबार भयो ।
आज सबैभन्दा धेरै प्रभु लाइफ इन्स्योरेन्सका शेयर धनीले कमाए । इन्स्योरेन्सको शेयर मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै, नारायणी विकास बैंकको ९.९७ प्रतिशत, कुमारी बैंकको ९.८९ प्रतिशत बढ्यो ।
आज सबैभन्दा धेरै कारोबार प्रभु बैंकले गर्यो । बैंकले ४० करोड २९ लाखको कारोबार गर्यो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।