add

साताको शेयर बजारः २७ अर्ब १७ करोड माथिको कारोबार






ActPro Nepal

|

२४ पुष, २०७७

|
1973

काठमाडौं । धितोपत्र बजारमा यस साता कूल दुई सय १५  कम्पनीको ५ करोड ८७ लाख ८२ हजार कित्ता शेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार अघिल्लो साता २२ अर्ब ७६ करोड रुपैयाँको कारोबार भएकोमा यो साता कुल २७ अर्ब १७ करोड मूल्य बराबरको कारोवार भयो । 

यो साता सबैभन्दा धेरै कारोवार गर्ने कम्पनीहरुको सुचीमा क्रमश नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, नेपाल पुर्नबीमा कम्पनी, शिखर इन्स्योरेन्स आदी परे । सेयर कारोवार भएको संख्याको आधारमा भने यो साता प्रभु बैंक, प्राईम बैंक, सिटिजन बैंक, कुमारी बैंक आदी छन् ।

पूँजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नेपाल पुनर्बीमा कम्पनी, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, एनआईसी एसिया बैंक लगायतका कम्पनीहरु अगाडि परेका छन् ।

यो साताको पहिलो नेप्से परिसूचक २१७५.४ अंकमा पुगेर कारोबार बन्द भएको शेयर बवारको सेन्सेटिभ भने ४१५.८९ अंकमा कारोबार बन्द भएको थियो ।

दोस्रो दिन भने नेप्से ६.४ अंकले घटेर २१६९ अंकमा झर्यो । सेन्सिटिभ पनि ०.७४ अंकले घटेर ४१५.५९ अंकमा झर्यो ।

तेस्रो दिनपनि नेप्से ३.५ अंकले घटेर २१६५.५० अंकमा झर्यो । त्यो दिन सेन्सिटिभ पनि १.४७ अंकले घटेर ४ सय १३.६८ अंका झर्यो ।

चौथो दिन भने शेयर बजार उकालो लाग्यो । त्यो दिन नेप्से १३.१ अंकले बढेर २१७८.६ अंकमा पुग्दा सेन्सिटिभ पनि ४.४५ अंकले बढेर ४१८.१४ अंका पुग्यो ।

अन्तिम कारोवार दिन बिहीबार पनि नेप्से १५.९ अंकले बढेर २१९४.५० अंकमा पुग्दा सेन्सिटिभ पनि ३.०८ अंकले बढेर ४२१.२२ अंकमा पुगेको थियो ।


 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.