add

सेयर बजारमा नयाँ रेकर्ड, अहिलेसम्मकै उच्चतम् बिन्दुमा नेप्से






ActPro Nepal

|

२३ पुष, २०७७

|
1207

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । बिहिबार नेप्से परिसूचक १५.९१ अंकले बढेर २ हजार १ सय ९४.४८ अंकमा पुगेको छ यो अंक शेयर बजारको अहिलेसम्मकै सबैभन्दा उच्च हो ।

आज राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । सेन्सेटिभ इन्डेक्स ३.०८ अंकले बढेर ४ सय २१.२२ अंकमा पुग्यो ।

आज कारोबारमा आएका मध्ये अन्य बाहेक अरु सबै समुहको सूचक बढ्यो । अन्यको सूचक ०.२० प्रतिशत घट्यो ।

सबैभन्दा धेरै ट्रेडिङ समुहको सूचक बढ्यो । ट्रेडिङको सूचक ४.७९ प्रतिशत बढ्यो । त्यस्तै, उत्पादन तथा प्रशोधन समुहको २.०६ प्रतिशत, निर्जीवन बीमाको १.४६ प्रतिशत बढ्यो ।

बिहिबार २०८ कम्पनीको १ करोड १७ लाख ६७ हजार ४ सय ९२ कित्ता शेयर कनबेच हुँदा ५ अर्ब ८७ करोड ४७ लाख रुपैयाँको कारोबार भयो ।

आज सबैभन्दा धेरै बहुउदेश्य फाइनान्सका शेयर धनीले कमाए । फाइनान्सको शेयर मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै, र्मिमिरे फाइनान्सको ९.९२ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरे गुमाउनेमा एभरेष्ट बैंकका शेयर धनी छन् । बैंकको शेयर मूल्य ३.८१ प्रतिशत घट्यो ।

आज सबैभन्दा धेरै कारोबार प्रभु बैंकले गर्यो । बैंकले ३१ करोड ७१ लाख रुपैयाँको कारोबार गर्यो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.