add

कांग्रेस चुनावबाट भाग्न चाहँदैन : नेता थापा






ActPro Nepal

|

१४ पुष, २०७७

|
1026

नेपालगञ्ज। नेपाली कांग्रेसका युवा नेता गगन थापाले सरकारले गरेको प्रतिनिधिसभा विघटन संविधानविपरीत भएको बताएका छन्।

प्रतिनिधिसभा विघटनको विरुद्धमा सोमबार नेपालगञ्जमा भएको कांग्रेसको विरोधसभामा उनले भने, “कांग्रेस चुनावबाट भाग्न चाहँदैन तर संविधान मिचेर गरिने कुनै पनि निर्णयलाई मान्न सकिँदैन।”

प्रदेशसभा सदस्य मोहम्मद याकुब अंसारी, बाँके कांग्रेसका अध्यक्ष किरण कोइराला, नगर समिति अध्यक्ष प्रशान्त विष्ट र रमेश गुप्ताले मुलुकको वर्तमान राजनीतिको विविध पक्षमाथि प्रकाश पारेका थिए। 

यसैगरी सोमबार नै बाँकेको क्षेत्र नं १ को कोहलपुरमा र ३ को खजुरामा पनि कांग्रेसले विरोधमा प्रदर्शन गरेको छ।  


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.