add

बैंक अफ काठमाण्डूका ग्राहकलाई यल्लो प्यगोडा होटलमा छुट






ActPro Nepal

|

१२ पुष, २०७७

|
1039

काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेड र यल्लो प्यगोडा होटल बिच बैंकको डेबिट, क्रेडिट कार्ड तथा मोबाईल बैंकिङ्गको माद्यमबाट भुक्तानी गर्दा बैंकको आदरणीय ग्राहकलाई १५% छुट र रु.३,५०० मा होटलको कोठा उपलब्ध गराउने सम्झौता भएको छ ।

यस सम्झौता पश्चात् ग्राहकले यल्लो प्यगोडा होटलको सेवाहरु उपभोग वापत बैंकको कार्ड तथा मोबाईल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्दा होटलको कोठा रु ३,५०० शुल्कमा उपभोग गर्न पाउने तथा अन्य सुविधाहरुमा वास्तविक मुल्यको १५% छुट पाउने छन् ।

यल्लो प्यगोडा होटलले काठमाडौँ र पोखराबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ । उक्त सम्झौतामा बैंकका कार्ड विभाग प्रमुख अमर राजभण्डारी र यल्लो प्यगोडा होटलको महाप्रबन्धक अर्जुन केशीले हस्ताक्षर गरेका छन् ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.