add

ग्लोबल आइएमई बैंकको साधारण सभा पुस २९ गते, १६ प्रतिशत लाभांश पारित गर्दै






ActPro Nepal

|

८ पुष, २०७७

|
1174

काठमाडौं । ग्लोबल आइएमई बैंकले १४ औं वार्षिक साधारण सभा पुस २९ गतेको लागि बोलाएको छ ।

बैंक संचालक समितिको पुस मंगलबार बसेको बैठकले पुस २९ गते बैंकको रजिष्टर्ड कार्यालय कमलादीमा बिहान १० बजे साधारण सभा बोलाएको हो ।

साधारण सभाले संचालक समितिबाट प्रस्ताव गरेको १४ बोनस शेयर र कर सहित २ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

बैंकले अन्य बैंक वित्तीय संस्थासँग मर्जर वा एक्वीजिसनमा जानको लागि आवश्यक सहमति वा सम्झौता गर्न सञ्चालक समितिलाई अख्तियारी दिने तयारी समेत गरेको छ ।

यस्तै सभाले संस्थापक शेयरधनीको तर्फबाट ३ जना, सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने ३ जना गरी ६ जना सञ्चालक पनि नियुक्त गर्नेछ । स्वतन्त्र संचालक नियुक्तीको बारेमा पनि साधारण सभामा जानकारी हुनेछ ।

साधारण सभा प्रयोजनको लागि बैंकले पुस १५ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार पुस १४ गतेसम्म कायम शेयरधनीले मात्र बैंकको लाभांश पाउने छन् ।

चौधौं वार्षिक साधारण सभामा सञ्चालक समिति अध्यक्षद्वारा प्रस्तुत आव २०७६/७७ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान सहितको नगद प्रवाह विवरणसँग सम्बन्धित अनुसूचीहरु र लेखापरीक्षक नियुक्ती तथा पारिश्रमिक निर्धारण तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका प्रस्तावहरु उपर छलफल गरी पारित गर्नेछ ।

हाल ग्लोबलको चुक्ता पूँजी १८ अर्ब ९७ करोड ५८ लाख ८० हजार रुपैयाँ छ । प्रस्तावित बोनस शेयर वितरण गरेपछि बैंकको चुक्ता पूँजी २१ अर्ब ६३ करोड रुपैयाँ पुग्नेछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.