add

नेप्से ३०.३३ अंकले बढ्दा ६ अर्ब ७० करोडको कारोबार






ActPro Nepal

|

६ पुष, २०७७

|
956

काठमाडौं । कारोबार भएसंगै घट्दो क्रममा रहेको शेयर बजार कारोबार बन्द हुँदा नेप्से परिसूचक ३०.३३ अंकले बढेर १ हजार ९ सय ६५.९६ अंकमा पुगेको छ ।

सोमवार ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । सेन्सेटिभ इन्डेक्स ७.०१ अंकले बढेर ३ सय ७६.५६ अंकमा पुगेको छ ।

आज कारोबारमा आएका मध्ये ट्रेडिङ, होटल र सामुहिक लगानी कोष बाहेक अन्य सबै समुहको सूचक बढ्यो । ट्रेडिङ समुहको सूचक १.९३ अंकले घट्यो । त्यस्तै, होटल समुहको १.२० प्रतिशत र सामुहकि लगानी कोष समुहको ०.१९ प्रतिशत घट्यो ।

सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समुहको सूचक बढ्यो । उत्पादन तथा प्रशोधन समुहको ३.०४ प्रतिशत बढ्यो । त्यस्तै, अन्य समुहको २.५१ प्रतिशत बढ्यो ।

आज २०२ कम्पनीको १ करोड २३ लाख ८२ हजार ४ सय ८२ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ६९ करोड ८८ लाख ७४ हजार ३ सय ५४ रुपैयाँको कारोबार भयो ।

सोमवार सबैभन्दा धेरै एनआइसी एसीया बैंकका शेयर धनीले कमाए । एनआइसीको शेयर मूल्य ९.९० प्रतिशत बढ्यो । त्यस्तै, एनएमबी फाइनान्सको ६.५५ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै नारायणी विकास बैंकका शेयर धनीले गुमाए । बैंकको शेयर मूल्य ९.८७ प्रतिशत घट्यो । त्यस्तै, यूनाईटेड मार्दीको शेयर मूल्य ९.८५ प्रतिशत घट्यो ।

सोमवार सबैभन्दा धेरै कारोबार नेपाल लाइफ इन्स्योरेन्सले गर्यो । इन्स्योरेन्सले ७२ करोड ८८ लाख ६९ हजार रुपैयाँ बराबरको कारोबार गर्यो । त्यस्तै, पुनर्बीमा कम्पनीको ५७ करोड ३९ लाख १२ हजारको कारोबार गर्यो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.