काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रभु बैंकको लाभांश स्वीकृत गरेको छ। प्रभु बैंकका अनुसार राष्ट्र बैंकले मङ्सिर ३० गते लाभांश स्वीकृत गरेको हो।
बैंकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । सोहि लाभांश राष्ट्र बैंकले स्वीकृत गरेको हो ।
बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा उक्त लाभांश वितरण हुने छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।