add

झिनो अंकले घट्यो नेप्से,६ अर्ब ६ करोडको कारोबार






ActPro Nepal

|

३० मंसिर, २०७७

|
1016

काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकले घटेको छ ।  मंगलबार सेयर बजार मापक सूचक नेप्से ५.७५अंकले घटेर २०६१.४२ विन्दुमा आइपुगेको छ । 

यसदिन २०५ कम्पनीको ९७ लाख ५५ हजार ५४७ कित्ता सेयर ६ अर्ब ६ करोड ९३ लाख ३१ हजार ६८६ रुपैयाँमा कारोबार भएको छ ।

कारोबारमा आएका १२ वटा समूहमध्ये जीवन बीमा र माइक्रोफाइनान्स समूह बाहेक अन्य सबै समूहको परिसूचक ओरालो लागेका छन् । 

आज माइक्रोफाइनान्स समूहको परिसूचक सबैभन्दा धेरै ५९.५९ अंकले बढेको छ भने उत्पादनमूलक समूह ११५.१३ अंकले घटेको छ । 

क्षेत्रगत रुपमा आज लगानीकर्ता माइक्रोफाइनान्स कम्पनीहरुको सेयरमा आकर्षित भएका छन् । घट्दो बजारमा पनि करिब आधादर्जन माइक्रोफाइनान्स कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । 

उन्नति सहकार्य, गुँरास, महुली सामुदायिक, ग्लोबल आइएमई, एनएमबी माइक्रोफाइनान्स र नारायणी विकास बैंकका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

लगानीकर्ता नेपाल लाइफ इन्स्योरेन्सको सेयरमा झुम्मिएका छन् । यसको सबैभन्दा धेरै ५२ करोड ३८ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।  

कारोबार रकमकै आधारमा नेपाल पुनर्बीमा कम्पनी ३६ करोड र नेपाल बैंक २२ करोड सहित क्रमशः दोस्रो र तेस्रोमा रहे ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.