add

भ्रष्ट सरकारलाई ठेगानमा ल्‍याउन कांग्रेस सडकमा : गगन थापा






ActPro Nepal

|

२९ मंसिर, २०७७

|
1515

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले इतिहासकै भ्रष्ट सरकारलाई ठेगानमा ल्‍याउन कांग्रेस सडक र सदनबाट लड्ने बताएका छन्।

कैलालीको धनगढीमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेता थापाले आमनागरिक र जनता माहामारीको संकटमा हुँदा देशमा बेथिती र भ्रष्टाचार बताएकोले कांग्रेस सडकमा आएका बताएका हुन् ।

महामारीका बेला संसद बन्द हुँदा सडक खाली भए पनि सरकारलाई मद्दत गर्न आफूहरु धैर्य गरेर बसेको भन्दै थापाले कोरोना महामारीका बीच सडकमा आउन बाध्य पार्दा दु:ख लागेको बताए।

‘सडकमा आउन बाध्य सरकारले बनायो। हामी सबै सतर्कता अपनाउँछौं। यसमा बाबजुद पनि कुनै क्षति भयो भने सरकार जिम्मेवार हुन्छ,’ जबसम्म सरकार ठेगानमा आउँदैन तबसम्म कांग्रेस सडकमा आइरहन्छ थापाले भने। ।’

७ वटा प्रदेशमध्ये ६ वटामा प्रदेश सरकार, ४ सयभन्दा बढी स्थानीय सरकार भएपनि सर्वसत्तावादी सरकारले जनताको पक्षमा सिन्को पनि नभाँचेको बताए।

उनले भने, ‘सरकार शक्तिशाली छ, तर जनतालाई शक्तिशाली बनाउनका लागि एउटा पनि काम गर्न सकेको छैन्, यस्तो नालायक सरकार मुर्दाबाद।

सरकारले मुखले भ्रष्टाचार गर्दिन, सहन्न भन्ने गरेको तर वाइडबडी, सेक्युरिटी प्रेस खर्लप्पै खान्छ, बालुवाटारको जग्गा खर्लप्पै खान्छ, यति ग्रुपसँग साठगाँठ गर्छ भन्दै आलोचना गरे। सरकार पूर्ण रुपमा असफल भइसकेको उनको भनाई थियो।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.