add

सरकारविरुद्ध आज देशभर प्रदर्शन गर्दै कांग्रेस, शीर्ष नेता को कहाँ ?






ActPro Nepal

|

२९ मंसिर, २०७७

|
2166

काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आज देशभर सरकारविरुद्ध प्रदर्शन गर्दैछ। 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार तनहुँमा नेता रामचन्द्र पौडेलमाथि गरिएको दुर्व्यवहार लगायतका घटनाले 'सर्वसत्तावाद' को अभ्यासमा सरकार लागेकोले प्रदर्शन गर्न लागिएको हो। 

७७ जिल्लामा तय गरिएको विरोध प्रदर्शनमा सम्वोधनका लागि केन्द्रीयस्तरका नेताहरू खटिएका छन्। 

कांग्रेसले भ्रष्टाचार, बढ्दो बलात्कार र हिंसालगायत जनजिविकाको सवाल उठाउने भएको छ। 

सर्वसाधारणलाई सडकमा उत्रिन कांग्रेसले आग्रह गरेको छ। 

शीर्ष नेता को कहाँ ? 

सभापति शेरबहादुर देउवा– हेटौंडा

वरिष्ठ नेता रामचन्द्र पौडेल – काठमाडौं 

उपसभापति विमलेन्द्र निधि – भक्तपुर

महामन्त्री डा शशांक कोइराला – विराटनगर

कोषाध्यक्ष सीतादेवी यादव – ललितपुर

सहमहामन्त्री प्रकाशशरण महत – झापा

पूर्वउपसभापति गोपालमान श्रेष्ठ – काभ्रे

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला – महोत्तरी

पूर्वमहामन्त्री प्रकाशमान सिंह – धनुषा

केन्द्रीय सदस्यहरु, 

अर्जुननरसिंह केसी – कास्की (पोखरा) 

डा। रामशरण महत – चितवन 

गगन थापा – कैलाली 

प्रदीप पौडेल – कञ्चनपुर

एनपी साउद – अछाम

चित्रलेखा यादव – सप्तरी



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.