add

ललिता निवास जग्गा प्रकण : अख्तियारका पूर्व आयुक्त दीप बस्न्यात पूर्पक्षका लागि थुनामा






ActPro Nepal

|

२८ मंसिर, २०७७

|
1344

काठमाडौं। बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात विशेष अदालतमा हाजिर भएका छन्।

अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले बस्न्यात अदालतमा हाजिर भएपछि थुनछेक बहस भइरहेको बताए।

बस्न्यातविरुद्ध अदालतमा भ्रष्टाचार मुद्दा छ। उनी आफ्ना कानुन व्यवसायीसहित अदालतमा हाजिर हुन पुगेका थिए।

अख्तियारले उनीविरुद्ध २०७६ माघ २२ गते नौ करोड ६५ लाख ७६ हजार रूपैयाँ बिगो दाबीसहित मुद्दा दर्ता गरेको थियाे।

 बस्न्यातले फर्जी मोही खडा गरेर ललिता निवासको जग्गा हडप्न सहयोग गरेको अख्तियारको जिकिर छ।

तत्कालीन अवस्थामा उनी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिवको जिम्मेवारीमा थिए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.