add

शोक प्रस्ताव पारित गर्दै नेकपा स्थायी कमिटी बैठक स्थगित






ActPro Nepal

|

२८ मंसिर, २०७७

|
1092

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समितिको  आइतबारको बैठक शोक प्रस्ताव पारित गरेर सकिएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेकपा नेता तथा पूर्वसांसद कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारित गर्दै सकिएको हो ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले लामाको निधनमा शोक प्रस्ताव गर्दै बैठक आगामी पुस १ गतेसम्मका लागि स्थगित गरिएको जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहभागी भएका थिए । गत मंसिर २१ गते शुरु भएको स्थायी समिति बैठकको पहिलो दिन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली अनुपस्थित भएका थिए ।

ओली सहभागी हुने भएरै आजको बैठक धुम्बाराहीबाट बालुवाटार सारिएको थियो । अर्को बैठकदेखि मात्रै ओली र दाहालको प्रस्तावमाथि छलफल हुने बताइएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.