add

खोप ल्याउने पहल थाल्न कांग्रेसको आग्रह






ActPro Nepal

|

२७ मंसिर, २०७७

|
822

काठमाडाैं। नेपाली कांग्रेसले कोभिड-१९ विरुद्धको अभियानलाई प्रभावकारीरूपमा अगाडि बढाउन सरकारसँग आग्रह गरेको छ।

कांग्रेस केन्द्रीय सङ्गठन विभागको शुक्रबार भएको बैठकले निकट भविष्यमा उपलब्ध हुने कोभिड-१९ विरुद्धको खोपलाई नेपालमा सर्वसुलभ र सहजरूपमा आपूर्ति गर्न सरकारी तवरबाट यथाशीघ्र आवश्यक पहल कदमी अगाडि बढाउनसमेत आग्रह गरेको छ।

बैठकले मोरङमा शिक्षक राजेन्द्र श्रेष्ठमाथि नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताबाट कुटपिट गरी जघन्य हत्या गरिएको घट्नालाई गम्भीरतापूर्वक लिई हत्यामा संलग्नलाई कडा कारबाही गर्न सरकारसँग माग गरेको विभाग सचिव बिनकुमार विश्वकर्माले जानकारी दिए।

विभाग प्रमुख गोपालमान श्रेष्ठको सभापतित्वमा बसेको बैठकले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि केही दिन अघि तनहुँमा प्रहरी प्रशासनबाट भएको दुर्व्यवहारविरुद्ध यही मङ्सिर २९ गते पार्टीले देशभर आयोजना गर्ने विरोध कार्यक्रमलाई सशक्त तथा प्रभावकारी बनाउन सम्पूर्ण जनसमुदायमा अपिल गर्ने निर्णय गरेको छ। 

यसैगरी भ्रष्टाचारका विरुद्ध नागरिकस्तरबाट उठाइएका राजनीतिक र सामाजिक मुद्दाप्रति  विभागले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।-रासस


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.