add

विश्वकप फुटबलका लागि छनोट खेलः युरोपेली ५५ देशका खेलाडी १० समूहमा विभाजित






ActPro Nepal

|

२३ मंसिर, २०७७

|
1159

काठमाडौं  । कतारमा सन् २०२२ मा हुने फिफा विश्वकप फुटबलका लागि युरोपियन छनोटको ‘ड्र’ सार्वजनिक भएको छ ।

यूईएफएले गएराति समूह चरणको ‘ड्र’ सार्वजनिक गरेको हो । युरोपका ५५ देशलाई ‘ड्र’ गरेर १० समूहमा विभाजन गरिएको छ ।

सन् २०२१ को मार्चबाट सुरु हुने छनोट खेलमा समूहको शीर्ष टिमले सिधै विश्वकपमा स्थान बनाउने छन् ।

समूहको दोस्रो स्थानमा रहने टिमले भने नेसन्स लिगका दुई टोली सम्मिलित अर्को छनोट खेल खेल्ने छन् ।

यी हुन् १० समूहका ५५ टिम

समूह ‘ए’ – पोर्चुगल, सर्बिया, आयरल्याण्ड, लक्जेमबर्ग, अजरबैजान

समूह ‘बी’ – स्पेन, स्विडेन, ग्रिस, जर्जिया, कोसोभो

समूह ‘सी’ – इटाली, स्विटजरल्यान्ड, उत्तरी आयरल्यान्ड, बुल्गेरिया, लिथुआनिया

समूह ‘डी’ – फ्रान्स, युक्रेन, फिनल्यान्ड, बोस्निया एण्ड हर्जगोभिना, काजकास्तान

समूह ‘इ’ – बेल्जियम, वेल्स, चेक गणतन्त्र, बेलारुस, एस्टोनिया

समूह ‘एफ’ – डेनमार्क, अष्ट्रिया, स्कटल्यान्ड, इजरायल, फारो आइल्यान्ड, मोल्डोभा

समूह ‘जी’ – नेदरल्यान्ड, टर्की, नर्वे, मोन्टेनेग्रो, लात्भिया, जिब्रालटार

समूह ‘एच’ – क्रोएसिया, स्लोभाकिया, रुस, स्लोभेनिया, साइप्रस, माल्टा

समूह ‘आई’ – इंग्ल्यान्ड, पोल्यान्ड, हंगेरी, अल्बानिया, एन्डोरा, सान मारिनो

समूह ‘जे’ – जर्मनी, रोमानिया, आइसल्यान्ड, उत्तरी म्यासेडोनिया, अर्मेनिया, लिक्टेन्स्टाइन


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.