add

दरबार हाइस्कुलमा ‘सिटी लाइब्रेरी’ सञ्चालन हुने






ActPro Nepal

|

१६ मंसिर, २०७७

|
1192

काठमाडाैं। काठमाडौं महानगरपालिकाले दरबार हाइस्कुल हाताभित्र ‘सिटी लाइब्रेरी’ सञ्चालनमा ल्याउने भएको छ।

महानगरपालिकाले नवनिर्मित हाइस्कुलमा पुस्तकालय सञ्चालनमा ल्याउनका लागि आवश्यक तयारी गरिरहेको छ।

त्यसका लागि महानगरले चालु आर्थिक वर्षमा ५० लाख रूपैयाँ बजेट विनियोजन गरेको छ ।  

उक्त पुस्तकालय सबै किसिमका पुस्तकको व्यवस्थापन गरिएको आकर्षक र आधुनिक किसिमको हुने महानगर शिक्षा विभागका प्रमुख नमराज ढकालले बताए।

पुस्तकालयमा सदस्यता लिएका व्यक्तिले जुनसुकै स्थानमा बसेर पनि अध्ययन गर्न सक्ने छन्।

योजनानुरूप नै काम भए आगामी दुई महिनामा सञ्चालनमा आउने जनाइएको छ।

नवनिर्मित हाइस्कुलमा त्यस्तो पुस्तकालय सञ्चालनका लागि सोहीअनुरूप नै संरचना तयार गरिएको छ। सोका लागि काठमाडाैं-२७  वडा र विद्यालय व्यवस्थापन समितिसँगको सहकार्यमा काम अघि बढिसकेको छ।   

महानगर क्षेत्रमा रहेका ९१ सामुदायिक र ५४१ संस्थागत विद्यालयमा अध्ययनअध्यापन गर्ने सबै शिक्षक र विद्यार्थीका लागि पुस्तकालय बढी उपयोगी हुने विश्वास लिइएको छ।

कोरोना कहरका कारण भौतिकरूपमा पठनपाठन गर्न/गराउन नसकिएको अहिलेका समयमा अत्याधुनिक पुस्तकालयबाट ठूलो सहयोग पुग्ने कामपा-२७ का सदस्य परिवेशमान बज्राचार्यले बताए।

सदस्यता लिएको व्यक्तिलाई पुस्तकालय व्यवस्थापनले पासवर्ड दिने र इन्टरनेटमार्फत जहाँसुकैबाट सुविधा लिन सकिनेछ ।

गोरखा भूकम्पबाट पूर्णरूपमा क्षति पुगेको भानु मावि र संस्कृत मावि पुनःनिर्माण सम्पन्न भई गत कात्तिक ५ गते राष्ट्रपतिले रानीपोखरी पुनः निर्माणसँगै उद्घाटन गरे पनि कोरोना महामारीका कारण हाल बन्द छ।-रासस


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.