add

प्रधानमन्त्री ओलीको राजीनामा माग्नु गुटगत मानसिकता : शंकर पोखरेल






ActPro Nepal

|

१६ मंसिर, २०७७

|
1647

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य शंकर पोखरेलले एक अध्यक्षको मात्र राजीनामा माग्नु गुटगत मानसिकता भएको टिप्पणी गरेका छन् ।

नेकपाको सचिवालय बैठक बस्ने दिन (मंगलबार) बिहान लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पोखरेलले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीको प्रतिरक्षात्मक अभिव्यक्ति दिएका हुन्।

उनले भनेका छन्, ‘पार्टीमा उत्पन्न समस्याका लागि कुनै एक अध्यक्षलाई मात्र जिम्मेवार देखाएर राजीनामाको माग गर्नु पार्टी एकता विरोधी गुटगत मानसिकता हो।’

आज दिउँसो १ बजे नेकपा सचिवालय बैठक बस्ने बताइएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.