add

काठमाडौं र पोखराको पर्यटनलाई जोड्न सके आर्थिक समृद्धिमा टेवा पुग्छ : विद्यासुन्दर शाक्य






ActPro Nepal

|

१६ मंसिर, २०७७

|
1335

काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौं र पोखराको पर्यटकीय सम्भावनालाई योजनाबद्ध विकास गर्न आवश्यक रहेको बताएका छन्।

पोखरा महानगरपालिका अवलोकन भ्रमणका क्रममा शाक्यले काठमाडौंको सांस्कृतिक पर्यटन र पोखराको प्राकृतिक पर्यटनलाई जोडेर पर्यटन प्रवर्द्धनको काम गर्न सके यस व्यवसायबाट मुलुकको आर्थिक समृद्धिमा ठूलो टेवा पुग्ने बताएका हुन्।

सो अवसरमा पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले कामपा जेठो महानगर र सङ्घीय राजधानीको महानगरपालिका भएकाले सबै पालिकाको समस्या समाधानका लागि नेतृत्व गर्नुपर्नेमा जोड दिए।

सङ्घीय व्यवस्थालाई दिगो बनाउन सङ्घीयताको मर्मअनुसारका सङ्घीय कानून निर्माणमा ध्यान दिनुपर्नेमा पनि जोड दिँदै जिसीले भने, “विविध पहिचानसहितका सहरका समानता खोजौँ। अब नगरले आफूले आफ्ना बारेमा मात्र होइन, अन्य नगरको सम्भावनाका विषयमा कुरा गरौँ। यसले नागरिकमा विश्वास जाग्छ।”

तहगत प्रणालीमा प्रदेश र सङ्घ सरकारसँग भन्दा नागरिकका समस्या स्थानीय सरकारसँग नजिक हुने हुँदा स्थानीय सरकारका बीच गहिरो सम्बन्ध र सहकार्य जरुरी रहेको कामपा उपप्रमुख हरिप्रभा खड्गीले बताइन्।-रासस


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.