add

गुरुनानक जयन्तीले सामाजिक न्याय, समानता र भ्रातृत्व कायम गर्न प्रेरणा मिल्ने राष्ट्रपतिको विश्वास






ActPro Nepal

|

१५ मंसिर, २०७७

|
1464

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले सिख धर्मावलम्बीको विशेष पर्व गुरुनानक जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहने सम्पूर्ण सिख धर्मावलम्बीहरूमा शुभकामना व्यक्त गरेकी छन्।

गुरुनानकले शान्ति, सहिष्णुता, एकता र लोककल्याणका लागि सबै धर्मका बीच सद्भाव कायम राख्नुपर्नेमा मार्गदर्शन गरेको जनाउँदै राष्ट्रपति भण्डारीले धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सुदृढ एकता कायम गर्दै समाजमा विद्यमान जातीय विभेदको अन्त्य गरी सामाजिक न्याय, समानता र भ्रातृत्व कायम गर्न गुरुनानक जयन्तीबाट सबैलाई प्रेरणा मिल्ने विश्वा्स पनि व्यक्त गरेकी छन्।

सिखहरूको पवित्र धार्मिक ग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को रचना गर्ने गुरुनानकले समाजमा व्याप्त अन्धविश्वास, घृणा र भेदभावको अन्त्य गरी समाजमा आपसी प्रेम र भ्रातृत्वको भावनालाई अभिवृद्धि गर्ने उद्देश्यले विनाभेदभाव निःशुल्क सामुदायिक भोजन गर्ने‘लंगर परम्परा’को थालनी गरेका थिए।

निर्गुण उपासनाका पक्षपाती गुरुनानक ईश्वर एक छन्, उनी सर्वशक्तिमान् छन् यही नै सत्य हो भन्नेमा विश्वास गर्थे।

सिख धर्मका प्रवर्तक गुरुनानकको जन्म विसं १५२६ कार्तिकशुक्ल पूर्णिमाको दिन पाकिस्तानको पञ्जाब प्रान्तमा भएको थियो।

सिख समुदायले हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको दिन पवित्र स्थल गुरुद्वारामा विशेष पूजार्चना गर्दै विभिन्न धार्मिक एवं सामाजिक कार्यक्रम गरी गुरुनानकको जन्मजयन्ती मनाउने गर्छन्।-रासस


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.