add

उद्योग वाणिज्य महासंघको ५४ औँ साधारणसभा सुरु, प्रधानमन्त्रीले गरे भर्चुअल उद्घाटन






ActPro Nepal

|

११ मंसिर, २०७७

|
1543

काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले भर्चुअल माध्यमबाट नेपाल उद्योग वाणिज्य महासंघको ५४औँ वार्षिक साधारणसभाको उद्घाटन गरेका छन ।

महासंघको ५४औँ वार्षिक साधारणसभाको उद्घाटन सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले भने, ‘अहिले परिस्थिति कठिन छ। त्यसले लामो समय यो संस्थामा रहेका र नेपालको उद्योग वाणिज्य तथा व्यापार व्यवसायमा रहेकाहरुले मिलेर काम गर्नुपर्ने हुन्छ।’

प्रधानमन्त्री ओलीले आर्थिक वृद्धि ८ दशमलव ५ प्रतिशतले हुने भनिए पनि झण्डै शून्यमा पुगे पनि यसमा आशा जगाउने स्थिति आएको बताए।

‘कयौँ देश ऋणात्मक हुँदा पनि हामी हुनुपरेन’, उनले भने, ‘विश्वको कयौँ देशले ठूलो रकम पुनरुत्थानमा खर्च गरिरहेका छन्। तर पनि नेपाल सरकारले दिएन भन्ने धेरै व्यवसायीलाई लागेको होला तर नेपाल सरकार मनको गरिब भएर हैन। आफ्नो गच्छे यस्तो भएकोले हो।’

उनले सरकारको गच्छेअनुसार रकम दिएको बताउँदै सोहीअनुसार दिने प्रतिबद्धता व्यक्त गरे।

साधारणसभा उद्घाटन कार्यक्रममा स्वागतमन्तव्य राख्दै महासंघकी अधयक्ष भवानी राणाले कोरोनाको कारणले धेरै उद्योगी व्यवसायी मारमा परेको र उद्योग व्यवसायको कसरी उत्थान गर्ने भन्ने नै महासंघको अबको अवधारणा हुने र हुनुपर्ने बताइन्।

यो साधारण सभाले नयाँ नेतृत्व चयन गर्दै छ। त्यसमा लोकत्रान्त्रिक पद्धतिबाट निर्वाचन हुनलागेका र निर्वाचनपछि महासंघको नेतृत्वमा आउने सबैले आपसी सहयोगमा काम गर्नुपर्ने अध्यक्ष राणाको भनाइ छ।

उनले भनिन्, ‘जुनसुकै प्यानलबाट निर्वाचित भए पनि निर्वाचनपश्चात् भने हातेमालो गर्नुपर्ने हुन्छ।’ आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई उनले धन्यवाद पनि दिएकी थिइन्।

महासंघको यो साधारणसभाले वरिष्ठ उपाध्यक्ष, वस्तुगत र एसोसिएटतर्फका ३ उपाध्यक्षसहित १८ जना खुल्लातर्फका १८ जनासहित संस्थापकमध्येबाट १, प्रदेशबाट ७ तथा वस्तुगततर्फबाट १४ र एसोसिएटबाट १९ जना केन्द्रीय सदस्य छान्दै छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.