काठमाडौं । कोरोनाका कारण रोकिएको कक्षा १२ को वार्षिक परीक्षा आजदेखि सुरु हुने भएको छ । देशभर ४ हजार १०५ वटा परीक्षा केन्द्रबाट परीक्षा हुन लागेको हो ।
राष्ट्रिय परिक्षा बोर्डका अनुसार अहिले बिहान ८ बजेदेखि परीक्षामा ४ लाख ३२ हजार परीक्षार्थी सहभागी भएका छन् ।
परीक्षामा ढुक्क भएर सहभागी हुन सरकारले सम्बन्धित विद्यार्थीसँग आग्रह गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले परीक्षा केन्द्रमा सबै स्वास्थ्य मापदण्ड पालना हुने भएकाले ढुक्क हुन आग्रह गरेका हुन् ।
परीक्षा केन्द्रहरुले भने स्वास्थ्य मापदण्ड पालनामा विशेष ध्यान दिन राष्ट्रिय परिक्षा बोर्डले निर्देशन दिएको छ । कोरोना सङ्क्रमण भएका र परीक्षामा बस्न नसक्ने परीक्षार्थीलाई अर्को परीक्षा सञ्चालन गरिने र सङ्क्रमण भएर पनि परीक्षामा बस्न सक्ने विद्यार्थीका लागि छुट्टै स्थानको व्यवस्था गरिएको छ ।
सैद्धान्तिकतर्फ कुल पूर्णाङ्कको ४० प्रतिशत मात्रै लिखित परीक्षा लिन लागिएको कक्षा १२ को परीक्षा मंसिर १६ गते सम्म रहनेछ । गएको वैशाख ८ गतेदेखि सञ्चालन हुनु पर्ने परीक्षा कोरोना जोखिमका कारण स्थगित भएको थियो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।