add

शेयर कारोबारमा नयाँ रेकर्ड , एकैदिन झण्डै ७ अर्बको कारोबार






ActPro Nepal

|

७ मंसिर, २०७७

|
1902

काठमाडौं । शेयर बजारमा आइतवार नयाँ रेकर्ड कायम भएको छ । एकै दिनमा झण्डै ७ अर्ब रुपैयाँको कारोबार भई सेयर बजार इतिहासमै सर्वाधिक कारोबारको नयाँ रेकर्ड बनाएको हो ।

आइतवार २ सय १ कम्पनीको ६३ हजार २ सय ४७ कित्ता शेयर १ करोड ५९ लाख ५० हजार ४५५ पटक किनबेच हुँदा ६ अर्ब ८७ करोड २९ लाख ९५ हजार रुपैयाँको कारोबार भयो ।

यो शेयर बजारको कारोबार रकममा नयाँ रेकर्ड हो । यसअघि यहि विहिवार इतिहासकै धेरै ६ अर्ब ११ करोड ६७ लाख ३० हजार रुपैयाँको कारोबार भएको थियो ।

आइतवार नेप्से परिसूचक ४.६९ अंकले बढेर १ हजार ७ सय ८२.८१ अंकमा पुगेको छ । आज ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । आज सेन्सेटिभ इन्डेक्स २ अंकले बढेर ३ सय ४५.०७ अंकमा पुगेको छ ।

आज सबैभन्दा धेरै सिटिजन्स फाइनान्सका शेयर धनीले कमाए । सिटिजन्सको शेयर मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै, जानकी फाइनान्सको ९.२१ प्रतिशत, प्रभु बैंकको ६.७१ प्रतिशत बढ्यो ।

आइतवार सबैभन्दा धेरै कारोबार गर्नेमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ । पुनर्बीमा कम्पनीले ५७ कारेड ९१ लाखको कारोबार गर्यो । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सले २९ करोड ५६ लाख रुपैयाँको कारोबार गर्यो ।

बैंकिङ प्रणालीमा अधिक तरलता भई ब्याजदर सस्तो हुँदा सेयर बजारले दिनदिनै नयाँ उचाइ लिँदै गएको जानकारहरु बताउँछन् ।

साथै पछिल्लो समय बजारमा नयाँ लगानीकर्ताको प्रवेश, सेयर बजार प्रविधिमैत्री हुँदै जानु, सूचीकृत कम्पनीहरुले कोरोनाका बीच पहिलो त्रैमासको आकर्षक रिपोर्ट सार्वजनिक गर्नु, गत वर्षको नाफाबाट लाभांश घोषणा गर्नु लगायत कारणले गर्दा पनि बजारले नयाँ उचाई चुमेको हो ।





एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.