add

हल्ट प्राइजको सेमी फाइनल सम्पन्न






ActPro Nepal

|

७ मंसिर, २०७७

|
1171

काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान स्थित हल्ट प्राइज २०२०-२१ सेमी फाइनल चरण सम्पन्न भएको छ । हल्ट प्राइज तथा पुल्चोक क्याम्पस विद्यार्थीको नेक्स्टजेनको संयुक्त सहकार्यमा शनिबार उद्यमशीलता सम्बन्धी टक सिरिजसँगै सेमी फाइनल चरण पुरा भएको हो ।

उद्यमी टक सिरिजको यो सातौं श्रृंखला हो । ‘सस्टेनिङ योर बिजनेस’ शीर्षकमा केन्द्रीत कार्यक्रममा पूर्व मिस नेपाल माल्भिका सुब्बा, बौद्ध भिक्षु तथा गायिका आनी छोइङ डोल्मा, मिडिया पर्सनालिटी श्री पाण्डे, पूर्व मिस टिन रोजिका पोखरेल, डिजिटल नेपाल कम्पनीका संस्थापक आदित्य राज र फिलिपिन्सबाट स्वान्टेल नेइटोको उपस्थिति रहेको थियो ।

फिलिपिनी सामाजिक उद्यमी तथा बीएण्डबी सोलुसनकी सहसंस्थापक स्वान्टेल नेइटोलाई कार्यक्रममा मुख्य वक्ताको रुपमा निम्त्याइएको थियो । उनले आफ्नो व्यवसाय कसरी दीगो बनाउने, बजारमा आफ्नो वस्तु तथा सेवाको उत्पादनको महत्व कसरी बढाउने र त्यसलाई स्थायीत्व कसरी दिने भन्ने बारेमा सिकाएकी थिइन् ।

टक सिरिजमा माल्भिका सुब्बा, श्री पाण्डे र रोजिका पोखरेल प्यानल डिस्कसनमा सहभागी भएका थिए । विश्व टेलिभिजन दिवस भएकाले उनीहरु मुलरुपमा टेलिभिजन तथा संचार माध्यमको विषयमा केन्द्रीत भएका थिए । उनीहरूले आफ्नो काम, सक्रियता र मानवीय कर्मका बारेमा कुरा सुनाएर सहभागी युवा विद्यार्थीलाई परिवर्तनतर्फ अग्रसर कसरी हुन सकिन्छ भन्ने बारेमा व्याख्या गर्नुका साथै आफ्नो सफलता र असफलता, मेहेनत, महिलाका समस्या आदिको बारेमा बोलेका थिए ।

यसैगरी हल्ट प्राइजको सेमिफाइलमा जजको रुपमा आनी छोइङ ड्रोल्मा, इन्जिनियर आदित्य राज, अल्फा सेनोन, बिजनेस कोच तथा बिजनेस स्ट्राटेजी क्रियटर रहेका थिए। उनीहरूले प्रतिस्पर्धीहरुको आइडियालाई प्रस्तुतिकरण सुनेर शीर्ष २० टिम छनौट गरेका हुन् । साथै यस प्रतिगितामा वाइल्ड कार्ड इन्ट्रीको समेत व्यवस्था छ । अब आगामी डिसेम्बर ५ मा हल्ट प्राइज एट आईओई २०२०-२१ को ग्राण्ड फाइनलका लागि प्रतिस्पर्धा हुनेछ । जसमा छनौट हुने शीर्ष तीन टिम रिजनल प्रतिस्पर्धामा प्रवेश गर्नेछन् ।

हल्ट प्राइज आईओई २०२१ मा सहभागी हुने प्रतिस्पर्धीहरुले विभिन्न किसिमका पुस्कार तथा गिभअवेहरु पाउन सक्ने छन् । विजयी टिमले नौलो रेस्टुरेन्टको तर्फबाट चार हजार बराबरको फुड भौचर पाउनेछ भने शीर्ष पाँच टिममा प्रत्येकलाई पाँच हजार बराबरको अनलिमिटेड होस्टिङ सुविधा उपलब्ध गराइनेछ ।

साथै शीर्ष तीन टिमका प्रत्येक सदस्यलाई पाँचसय रुपैयाँ बराबरको एम सक्युरिटी एन्टीभाइरस एक वर्षलाई प्रदान गरिने छ । यस्तै हल्ट प्राइज आईओईका सबै सहभागीहरुले प्रतिमहिना पाँच डलर पर्ने टास्केड कोवर्किङ सफ्टवेयरको अनलिमिटेड भर्सन एक वर्षका लागि प्रयोग पाउनेछन् ।

सम्बन्धित समाचारः

त्रिविमाहुने ‘हल्ट प्राइज’ अवार्डको लागि २४ सदस्यीय कमिटी गठन, पुरस्कार राशी १ मिलियन अमेरिकी डलर

उद्यमशीलता सम्बन्धि टक सिरिज आयोजना हुँदै



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.