add

युनाईटेड इदी–मार्दीको आईपीओमा आवेदन गर्ने आज अन्तिम दिन






ActPro Nepal

|

७ मंसिर, २०७७

|
2229

काठमाडौं ।  युनाइटेड इदी मर्दी एण्ड आर.वि. हाइड्रोपावरले निष्काशन गरेको आईपिओमा आवेदन दिने आज आइतबार अन्तिम दिन रहेको छ  ।

कम्पनीले मङ्सिर ३ गतेदेखि ८ लाख ७३ हजार ९१० कित्ता साधारण शेयर निष्काशन खुला गरेको थियो  ।

जसमध्ये सामूहिक लगानी कोषका लागि ४३ हजार ६९६ कित्ता र कर्मचारीका लागि १७ हजार ४७८ कित्ता छुट्टाइएको छ भने ८ लाख १२ हजार ७३६ कित्ता शेयरका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।

पहिलो चरणमा उद्योग प्रभावित क्षेत्र कास्की जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाहरुकाको लागि ४ लाख २० हजार कित्ता आईपीओ बिक्री गरेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणमा शेयर बिक्रीमा ल्याएको हो ।

आईपीओमा सर्वसाधारणले न्युनतम १० कित्तादेखि १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । आईपीओमा नेपाल धितोपत्र बोर्डबाट सि आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाका साथै मेरो शेयरबाट मंसिर ७ गते आइतबारसम्म आवेदन दिन सकिन्छ ।

सार्वजनिक निष्काशन गर्नका लागि गराइएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी प्लस (आइएस)’ रेटिङ्ग प्राप्त गरेको छ। यसले समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.